रुसमा हेलिकप्टर दु*र्घटना हुँदा ५ जनाको मृ*त्यु, २ घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २२, २०८२
|
|
३७ पटक हेरिएको
Shares
रुसमा हेलिकप्टर दु*र्घटना हुँदा ५ जनाको मृ*त्यु, २ घाइते

सारांश

  • रुसको दक्षिणी दागेस्तान क्षेत्रमा शुक्रबार निजी हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
  • दुई जना घाइते भएका छन्।
  • क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एकको उपचारका क्रममा मृत्यु भएको जनाएको छ।

२२ कात्तिक, रुस ।

रुसको दक्षिणी दागेस्तान क्षेत्रमा शुक्रबार निजी हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एकको उपचारका क्रममा मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उपस्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए।

जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्कोको मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना सवार रहेको पुष्टि गरेका छन्। सम्बन्धित अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको बताएका छन्। अधिकारीहरूका अनुसार का-२२६ हेलिकप्टर दुर्घटनाका बेला आगलागी भई पूर्ण रूपमा ध्वस्त भएको छ। क्षेत्रीय आपत्‌कालीन सेवाका अनुसार उडानको इन्जिनमा आगो लाग्नु दुर्घटनाको प्राथमिक कारण मानिएको छ।  दागेस्तानका लागि रुसी आपतकालीन मन्त्रालयको मुख्य निर्देशनालयले विज्ञप्तिमा भनेको छ- किज्ल्यारबाट इज्बरबास जाँदै गरेको निजी हेलिकप्टर बसोबास नभएको घरमा ठोकिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ