मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १०, २०८२
|
|
४५ पटक हेरिएको
Shares
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

सारांश

  • महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा मंगलबार (चैत १०) साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवं सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदै छ ।
  • नेपाल र भारतका मिथिला क्षेत्रमा गत आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चारदिने चैती छठ उत्सवको आज मुख्य दिन षष्ठी तिथिको साँझ विभिन्न जलाशयमा पसेर व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै छ ।
  • पर्वको षष्ठी तिथिका दिन आज साँझ व्रतालुले आ–आफ्ना घरघरमा गहुँ र चामललाई ओखल, जातो वा ढिँकीमा कुटानीपिसानी गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियालगायत पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।

१० चैत,महोत्तरी ।

महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा मंगलबार (चैत १०) साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवं सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदै छ । नेपाल र भारतका मिथिला क्षेत्रमा गत आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चारदिने चैती छठ उत्सवको आज मुख्य दिन षष्ठी तिथिको साँझ विभिन्न जलाशयमा पसेर व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै छ ।

पर्वको षष्ठी तिथिका दिन आज साँझ व्रतालुले आ–आफ्ना घरघरमा गहुँ र चामललाई ओखल, जातो वा ढिँकीमा कुटानीपिसानी गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियालगायत पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।

षष्ठी तिथिका साँझ व्रतीहरूले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर सबै प्रकारका अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्नेछन् ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आइतबारदेखि तराई, मधेस र भारत विहारको मिथिलाञ्चल क्षेत्रमा सुरु भएको थियो । यसपर्वको दोस्रो दिन सोमबार व्रतालुले आ–आफ्ना कुलदेवताको पूजा र सूर्य देवता र छठी मातालाई चैतीछठ पूजाका लागि निम्तो दिँदै खरना पर्व मनाएका थिए । षष्ठी तिथिमा चैती छठको मुख्य पूजा अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ पर्व मनाउँदै छन् । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दार्चुलामा जिप दुर्घटना: एकजनाको मृ*त्यु, १० जना घाइते
दार्चुलामा जिप दुर्घटना: एकजनाको मृ*त्यु, १० जना घाइते
विदेशी मुद्रासहित नेपाल वायु सेवा निगमका दुई कर्मचारी पक्राउ
विदेशी मुद्रासहित नेपाल वायु सेवा निगमका दुई कर्मचारी पक्राउ
मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा
मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा
न्यायपालिका नै दलीय भागबण्डाको शिकार बन्यो, सबै संवैधानिक नियुक्ति खारेज गरौँः सांसद चौधरी
न्यायपालिका नै दलीय भागबण्डाको शिकार बन्यो, सबै संवैधानिक नियुक्ति खारेज गरौँः सांसद चौधरी
आजको सम्भावित बाढी: काठमाडौँसहित यी ४१ जिल्लामा ‘एल्लो अलर्ट’ जारी
आजको सम्भावित बाढी: काठमाडौँसहित यी ४१ जिल्लामा ‘एल्लो अलर्ट’ जारी
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
सरकार र शिक्षक मुठभेटमा : बोर्डले परीक्षा गर्ने, शिक्षक सहभागी नहुन महासंघको निर्देशन
सरकार र शिक्षक मुठभेटमा : बोर्डले परीक्षा गर्ने, शिक्षक सहभागी नहुन महासंघको निर्देशन
धोबीघाटमा जुट्दै कांग्रेस शीर्ष नेता
धोबीघाटमा जुट्दै कांग्रेस शीर्ष नेता
बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल
बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल
पूर्वगृहमन्त्री रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै
पूर्वगृहमन्त्री रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै