खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ४, २०८२
|
|
२५ पटक हेरिएको
Shares
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव

सारांश

  •   खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता भएको बताएका छन्।
  •    आज नेपाल हाइड्रोजियोलोजिकल एसोसियसनले आयोजना गरेको प्रथम नेपाल जलभूगर्भ सम्मेलन २०२५ को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै  मन्त्री यादवले कृषिमा भूमिगत सिँचाइको दिगो प्रयोगको लागि अध्ययन तथा अनुसन्धान जस्ता कार्यहरु वैज्ञानिक तथ्यहरुमा आधारित भइ अगाडि बढाउनु पर्ने आवश्यकता रहेको बताए ।
  • उनले भने, “राष्ट्रको समृद्धिका लागि भूमिगत जलको उपयोग, दिगो व्यवस्थापन, भूमिगत जलको प्रदूषणबाट सिर्जित प्रकोप न्यूनीकरण, वातावरण विनाश, जलवायु परिवर्तन तथा यसका असरहरू न्यूनीकरणका विषयमा केन्द्रित रही महत्त्वपूर्ण छलफल र योजना आवश्यक छ ।

४ भदौ, काठमाडौँ। 

खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता भएको बताएका छन्।   आज नेपाल हाइड्रोजियोलोजिकल एसोसियसनले आयोजना गरेको प्रथम नेपाल जलभूगर्भ सम्मेलन २०२५ को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै  मन्त्री यादवले कृषिमा भूमिगत सिँचाइको दिगो प्रयोगको लागि अध्ययन तथा अनुसन्धान जस्ता कार्यहरु वैज्ञानिक तथ्यहरुमा आधारित भइ अगाडि बढाउनु पर्ने आवश्यकता रहेको बताए । उनले भने, “राष्ट्रको समृद्धिका लागि भूमिगत जलको उपयोग, दिगो व्यवस्थापन, भूमिगत जलको प्रदूषणबाट सिर्जित प्रकोप न्यूनीकरण, वातावरण विनाश, जलवायु परिवर्तन तथा यसका असरहरू न्यूनीकरणका विषयमा केन्द्रित रही महत्त्वपूर्ण छलफल र योजना आवश्यक छ ।”

नागरिकको पहिलो आवश्यकता खानेपानीको सहज आपूर्ति तथा देशको आर्थिक समृद्धिको मूल आधार मानिने भएकाले सोही अनुसार कामहरु अगाडी बढाउन आवश्यक रहेको मन्त्री यादवको भनाई छ । उनले जलस्रोतको उपयोग, व्यवस्थापन, र संरक्षणका सन्दर्भमा वैज्ञानिक दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए । जलवायु परिवर्तनका गहिरिँदै गएका प्रभावहरू र अनियन्त्रित जनसङ्ख्या वृद्धिका कारण सतहमा रहेका जलस्रोतहरूमा अत्यधिक चाप परेकाले यसको प्रत्यक्ष असर भूमिगत जल स्रोतको तीव्र दोहनका रूपमा देखिएकाले यसको  दीर्घकालीन रूपमा गम्भीर समस्या बन्न सक्ने मन्त्री यादवले बताए ।

उनले नेपालमा विशेषगरी तराईका लाखौँ नागरिकको जीवनमा भूमिगत जलको प्रत्यक्ष प्रभाव रहेको बताउँदै यसको महत्व अझै पनि व्यापक रूपमा बुझ्न नसकिएको भन्दै दु:ख समेत व्यक्त गरे । “हामी प्राय: हिमालबाट बग्ने नदीनाला, तालतलैया र झरनाहरूको चर्चा गर्छौं तर हाम्रो समृद्धिको एउटा ठूलो हिस्सा जमिनमुनि लुकेको भूमिगत जल हो,” मन्त्री यादवले भने, “यो अदृश्य तर अमूल्य स्रोत हो, जुन कृषि, उद्योग र दैनिक जीवनका लागि अनिवार्य बनिसकेको छ ।” मन्त्री यादवले यस सम्मेलनबाट प्राप्त हुने सुझाव तथा निष्कर्षहरू संघीय र प्रदेश सरकारलाई उपलब्ध गराई, विशेषगरी खानेपानीको अभावले सङ्कटमा परेका क्षेत्रहरूको दीर्घकालीन समस्या समाधानमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, “खानेपानीको दिगो समाधान र समग्र विकासमा योगदान पुग्ने उद्देश्यले आयोजित यस सम्मेलनको पूर्ण सफलता र महत्त्वपूर्ण निष्कर्षहरू प्राप्त होऊन् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।” खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जलवायु परिवर्तनका कारण तराईमा चापाकल सुकेका कारण नागरिकहरू तराई सहित विभिन्न स्थानमा खानेपानीको समस्याबाट पीडित भएकाले मन्त्रालय र विभाग मिलेर तत्काल राहत तथा दीर्घकालीन समाधानका लागि योजनाबद्ध रूपमा काम गरिरहेको जानकारी दिए।

उनले भने, “हामी अहिले देखिएका समस्यामा त तत्काल राहत दिन प्रतिबद्ध छौँ र दिइरहेका पनि छौँ । तर दीर्घकालीन रूपमा देशभर पानीको सन्तुलित वितरण र उपयोगका लागि ठोस नीति निर्माण र वैज्ञानिक अध्ययन आवश्यक रहेको छ ।” तलस्रोत तथा सिँचाई विभागका महानिर्देशक मित्र बरालले भूमिगत जल स्रोतको संरक्षण, दीर्घकालीन उपयोग र जल सङ्कट समाधानको मार्गमा यस्ता सम्मेलनहरू महत्त्वपूर्ण मञ्च बन्ने बताए ।

उनले भने, “सम्बन्धित मन्त्रालय, विज्ञ र नीति निर्माता मिलेर वैज्ञानिक अनुसन्धानमा आधारित योजना अघि बढाए मात्र खानेपानीको दीर्घकालीन समाधान सम्भव देखिन्छ ।”

उक्त कार्यक्रममा नेपालका साथै विदेशबाट पनि जल व्यवस्थापनसँग सम्बन्धित ख्यातिप्राप्त विज्ञ, नेपाल सरकारका विभिन्न निकायहरू, त्रिभुवन विश्वविद्यालय, गैरसरकारी संस्था तथा सरोकारवाला संस्थाहरूका प्रतिनिधिहरू, करिब १५० भू–वैज्ञानिक, भूमिगत जल विज्ञ, इञ्जिनियर, वातावरण विज्ञ लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कञ्चनपुर-कमला सडक विस्तार : लहानमा ‘ओभरपास’ निर्माण सुरु
कञ्चनपुर-कमला सडक विस्तार : लहानमा ‘ओभरपास’ निर्माण सुरु
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ : अध्यक्ष प्रचण्ड
संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ : अध्यक्ष प्रचण्ड
माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे पनि छलफल
माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे पनि छलफल
९ वर्षयता पहिलो पटक पाकिस्तान भ्रमणमा भारतीय विदेशमन्त्री
९ वर्षयता पहिलो पटक पाकिस्तान भ्रमणमा भारतीय विदेशमन्त्री
प्रधानमन्त्रीले नदीनाला भारतलाई बेचने काम गरे : राजेन्द्र लिङ्देन
प्रधानमन्त्रीले नदीनाला भारतलाई बेचने काम गरे : राजेन्द्र लिङ्देन
संस्कृतिक कार्यक्रम मेला तथा कुनै कार्यक्रम संचालन गरेमा प्रचलित कानुन बमोजिम कार्यवाही गर्ने: न.पा. प्रमुख सिंह
संस्कृतिक कार्यक्रम मेला तथा कुनै कार्यक्रम संचालन गरेमा प्रचलित कानुन बमोजिम कार्यवाही गर्ने: न.पा. प्रमुख सिंह
इजरायली प्रधानमन्त्रीको निजी निवासमा हिजबुल्लाहले गर्‍यो ड्रोन आक्रमण
इजरायली प्रधानमन्त्रीको निजी निवासमा हिजबुल्लाहले गर्‍यो ड्रोन आक्रमण
जनताले सधैँ अनुभूति गर्नेगरी काम गर्नुपर्छ : मन्त्री खड्का
जनताले सधैँ अनुभूति गर्नेगरी काम गर्नुपर्छ : मन्त्री खड्का
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिँदै