पोखरामा जेनजीको आवाज : सामाजिक सञ्जाल होइन, भ्रस्टाचार बन्द गरौं

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २३, २०८२
|
|
२७ पटक हेरिएको
Shares
पोखरामा जेनजीको आवाज : सामाजिक सञ्जाल होइन, भ्रस्टाचार बन्द गरौं

सारांश

  • सिमेसिमे झरीका बीच पोखरा सभागृहमा पनि स्वतस्फूर्त रुपमा नयाँ पुस्ता (जेनजी)ले प्रदर्शन गरेका छन् ।
  • सरकारले सामाजिक सञ्जाल बन्द गर्नेदेखि नेताहरु भ्रस्टाचारमा लिप्त भएको आवाज उठाउँदै सभागृहमा जेनजीले प्रदर्शन गरिरहेका छन् ।
  • पोखरामा बिहानैदेखि सिमसिमे पानी परिरहेको छ ।

२३ भदौ, पोखरा ।

सिमेसिमे झरीका बीच पोखरा सभागृहमा पनि स्वतस्फूर्त रुपमा नयाँ पुस्ता (जेनजी)ले प्रदर्शन गरेका छन् । सरकारले सामाजिक सञ्जाल बन्द गर्नेदेखि नेताहरु भ्रस्टाचारमा लिप्त भएको आवाज उठाउँदै सभागृहमा जेनजीले प्रदर्शन गरिरहेका छन् । पोखरामा बिहानैदेखि सिमसिमे पानी परिरहेको छ । अहिले १० बजेदेखि नै जेननीहरू सभागृहमा भेला भएर प्रदर्शन थालेका हुन् र उनीहरुको समूह बढ्दै गइरहेको छ । देशमा भ्रस्टाचारमा नेताहरु लिप्त भइरहेको तर नागरिकले भने अनेक दुख खेप्नु परिरहेको आवाज उनीहरुले उठाएका छन् ।

पोखराका विभिन्न ठाउँबाट प्रदर्शनमा मिसिन आइरहेका जेनजीले आफरुहरुको आवाज अब सरकारले सुन्नुपर्ने बताइरहेका छन् । ‘जनता जति खाडीमा, तिमी चाहिँ गाडीमा, रोलेक्स घडी नाडीमा’, ‘दु:खी जनता कमाउने, भ्रस्ट नेता रमाउने’, ‘जनताको आवाज दबाएर स्वतन्त्रता बन्द गर्न पाइँदैन’, ‘भ्रस्ट नेता होसियार’जस्ता  नाराहरु उनीहरुले लगाएका छन् । केही जेनजीले प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध पनि नारा लगाएका छन् । केहीले भने नेताहरुको नाम नै लिएर नारा नलगाउन आग्रह गर्दै समूहलाई भड्किन नदिने काम गरिरहेका छन् । जेनीहरु रेनकोट लगाएर नेपालको झण्डा बोकेर पम्लेटसहित प्रदर्शन गरिरहेका छन् । जनताले तिरेको करमा नेता र तिनका छोराछोरीले ऐयासी जीवन बाँकी रहेको भन्दै उनीहरुको आक्रोस छ ।

प्रदर्शनमा पम्लेटसहित उपस्थित भएका पोखराका पारस पराजुलीले नयाँ पुस्तालाई अहिलेका नेताले केही नगन्ने र अब पनि चुप लागेर बस्यो भने सधैं अवस्था रहने भएकाले सडकमा उत्रिएको बताए । ‘चुप लागेर बस्यो भने केही पनि हुँदैन, सधैं यसरी नै बाँचिरहनुपर्छ । यो आन्दोलनले अब नयाँ पुस्ता पनि छन् है भनेर सोचुन् भन्ने हो,’ उनले भने, ‘जेनजी पुस्ता स्वतफूर्तरुपमा उपस्थित भएको हो । यसलाई कसैले राजनीतिकरण नगर्न अनुरोध गर्दछौं ।’ स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेकामध्ये एक सन्देश बरालले भने, ‘हामीलाई यीनीहरुले राजनीति गर्दैनन् भनेर नेताहरुले सधैं हेपे, हामीलाई देशको माया छैन भनिन्छ तर हामी सचेत छौं, सबैलाई चिनेका, बुझेका छौं ।’ प्रदर्शन भड्किन नदिन ठूलो संख्या सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइँदै
आज काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइँदै
दुई वर्षभित्र जाँजरकोट—डोल्पा खण्डमा पर्ने ५ वटा पुल निर्माण सम्पन्न गर्छौंः मन्त्री दाहाल
दुई वर्षभित्र जाँजरकोट—डोल्पा खण्डमा पर्ने ५ वटा पुल निर्माण सम्पन्न गर्छौंः मन्त्री दाहाल
शीर्ष नेताद्वारा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय अवलोकन
शीर्ष नेताद्वारा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय अवलोकन
सिएमसीमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण
सिएमसीमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण
पर्यटक उद्धारको नाममा फेक रेस्क्यु धन्दा, तीन करोड रुपैयाँ शंकास्पद कारोबार
पर्यटक उद्धारको नाममा फेक रेस्क्यु धन्दा, तीन करोड रुपैयाँ शंकास्पद कारोबार
हिमपातमा फसेका ३ विदेशीसहित १५ पर्यटकलाई सेनाले गर्‍यो उद्धार
हिमपातमा फसेका ३ विदेशीसहित १५ पर्यटकलाई सेनाले गर्‍यो उद्धार
कुलेखानी-कलंकी-हुमाने सडक १९ दिन बन्द हुने
कुलेखानी-कलंकी-हुमाने सडक १९ दिन बन्द हुने
नवनियुक्त महिला मन्त्री श्रेष्ठद्वारा राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत
नवनियुक्त महिला मन्त्री श्रेष्ठद्वारा राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत
सुटकेसभित्र महिलाको शव प्रकरण: एकजना सन्दिग्ध पक्राउ
सुटकेसभित्र महिलाको शव प्रकरण: एकजना सन्दिग्ध पक्राउ
अपाङ्गता भएकी महिलालाई करणी गरेको आरोपमा ६३ वर्षीय पुरुष पक्राउ
अपाङ्गता भएकी महिलालाई करणी गरेको आरोपमा ६३ वर्षीय पुरुष पक्राउ