Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मुलुकको संकट अझै टरेको छैन : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर २४, २०८२
|
|
४३ पटक हेरिएको
Shares
मुलुकको संकट अझै टरेको छैन : प्रचण्ड

सारांश

  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा अझै पनि संकट टरिनसकेको बताएका छन् ।
  • काठमाडौंमा बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आयोजना गरेको जेनजी महोत्सवमा संयोजक प्रचण्डले २३ र २४ भदौमा देश राज्यविहीन बनेर निकै ठूलो संकट आइपरे पनि अझै पनि संकट पूरै नटरेको बताएका हुन् ।
  • उनले भने, ‘देश जसरी २४ भदौमा राज्यविहीन जस्तो देखा पर्‍यो ।

 

२४ मंसिर, काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा अझै पनि संकट टरिनसकेको बताएका छन् । काठमाडौंमा बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आयोजना गरेको जेनजी महोत्सवमा संयोजक प्रचण्डले २३ र २४ भदौमा देश राज्यविहीन बनेर निकै ठूलो संकट आइपरे पनि अझै पनि संकट पूरै नटरेको बताएका हुन् । उनले भने, ‘देश जसरी २४ भदौमा राज्यविहीन जस्तो देखा पर्‍यो । राष्ट्र निकै ठूलो संकटमा पर्‍यो । अझै पनि संकट पूरै टरेको छैन ।

ठूला शक्ति केन्द्रहरूले पनि हाम्रो देशमाथि कुनै न कुनै खालको भूराजनीतिक चलखेल गरे ।’ उनले अगाडि भने, ‘हामी नेपालीहरू अहिले भर्खरै एटोमिक इनर्जी बनाएर मिसाइल टेस्ट गरेर विदेशी हस्तक्षेप रोक्न सक्ने स्थितिमा छैनौं । त्यस्ता भट्टीहरू बनाउन सक्ने हैसियत नेपालको छैन । तर तीन करोड नेपाली एक ढिक्का भएर लडाइँको मैदानमा अगाडि बढ्न सक्ने तागत नेपालीसँग छ । त्यसलाई दुनियाँको कुनै तागतले हराउन सक्दैन । हाम्रो राष्ट्रको स्वाधिनता र स्वतन्त्रतालाई जनताको एकताले मात्रै बचाउन सक्दछ ।’ नेपाली कम्युनिस्ट पार्टी बनाउनुको उद्देश्य अरू लोकतन्त्रवादी शक्ति र बाँकी वामपन्थीलाई पनि मिलाएर लानुको रहेको उनको भनाइ ५ । राष्ट्रको आत्मसम्मान, पहिचान र अधिकार सुदृढ गर्नका निम्ति एउटा नयाँ अभियान तिर जाने उद्देश्यले नेपाली कम्युनिस्ट पार्टी बनाइएको भन्दै संयोजक प्रचण्डले देशभरिका सबै देशभक्त नेपालीहरूबीच एकता कायम गर्नुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाले सार्वजनिक गर्‍यो समानुपातिक आकांक्षीको अन्तिम सूची
रास्वपाले सार्वजनिक गर्‍यो समानुपातिक आकांक्षीको अन्तिम सूची
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्याे अस्वीकार
सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्याे अस्वीकार
फेरि साढे २ लाख नाघ्यो सुन, रेकर्ड नजिक पुग्यो चाँदी
फेरि साढे २ लाख नाघ्यो सुन, रेकर्ड नजिक पुग्यो चाँदी
डा. केसी र सरकारबिच आज वार्ता हुँदै
डा. केसी र सरकारबिच आज वार्ता हुँदै
साल्ट कर्पोरेसन धनुषाद्वारा १८ करोड ६२ लाखको नुन बिक्री
साल्ट कर्पोरेसन धनुषाद्वारा १८ करोड ६२ लाखको नुन बिक्री
राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने
राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने
मन्त्री बन्ने सूचीबाट संगीताको नाम अचानक काटिनु षड्यन्त्र : निधि
मन्त्री बन्ने सूचीबाट संगीताको नाम अचानक काटिनु षड्यन्त्र : निधि
पूर्व प्रधानमन्त्री केपी ओली पक्राउ
पूर्व प्रधानमन्त्री केपी ओली पक्राउ
नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : शंकर पोख्रेल
नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : शंकर पोख्रेल