आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १२, २०८३
|
|
७९ पटक हेरिएको
Shares
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

सारांश

  • हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
  • गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा मुख्यतया सफा रहेको छ।
  • गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भैरहेको छ ।

१२ जेठ, काठमाडौं ।

हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी र मधेश प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभाग तथा सुदुरपश्चिम प्रदेशको हिमाली भूभागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यूयोर्कमा रहेका स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता
न्यूयोर्कमा रहेका स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता
संसद् हल छिटो तयार गर्न सभामुखको निर्देशन, दैनिक १ करोड जरिवाना तिराउने चेतावनी
संसद् हल छिटो तयार गर्न सभामुखको निर्देशन, दैनिक १ करोड जरिवाना तिराउने चेतावनी
हैटीमा गोली हानाहान हुँदा ७० जनाको मृत्यु
हैटीमा गोली हानाहान हुँदा ७० जनाको मृत्यु
बाजुरामा समानुपातिकमा समेत कांग्रेस पहिलो
बाजुरामा समानुपातिकमा समेत कांग्रेस पहिलो
बढ्यो सुनको मूल्य,अब प्रतितोला कति ?
बढ्यो सुनको मूल्य,अब प्रतितोला कति ?
५ खर्ब २० अर्ब रुपैयाँ थन्कियो, लगानीको अवसर छ : गभर्नर पौडेल
५ खर्ब २० अर्ब रुपैयाँ थन्कियो, लगानीको अवसर छ : गभर्नर पौडेल
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जना पक्राउ
भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जना पक्राउ
चिडियाखानाको जग्गा अतिक्रमणमा
चिडियाखानाको जग्गा अतिक्रमणमा
मुम्बई पुर्‍याएर युवती बेचेको आरोपमा ३० वर्षपछि समातिए ६७ वर्षीय वृद्ध
मुम्बई पुर्‍याएर युवती बेचेको आरोपमा ३० वर्षपछि समातिए ६७ वर्षीय वृद्ध