फेरि साढे २ लाख नाघ्यो सुन, रेकर्ड नजिक पुग्यो चाँदी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
२५ पटक हेरिएको
Shares
फेरि साढे २ लाख नाघ्यो सुन, रेकर्ड नजिक पुग्यो चाँदी

सारांश

  • सुनको भाउ फेरि साढे २ लाख रुपैयाँ नाघेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ तोकेको छ ।
  • यो मूल्य अघिल्लो दिनको तुलनामा २ हजार २ सय रुपैयाँ बढी हो ।

१२ मंसिर, काठमाडौं ।

सुनको भाउ फेरि साढे २ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २ हजार २ सय रुपैयाँ बढी हो । अघिल्लो दिन सुन तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

विगत एक सातामा सुनको भाउ करिब ९ हजार बढेको छ । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँ थियो । सुनको भाउ यसअघि असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको भाउ रेकर्ड नजिक पुगेको छ । महासंघले आजका लागि चाँदी प्रतितोला ३३४५ रुपैयाँ तोकेको छ । यसअघि असोज ३१ गते ३३५० रुपैयाँको रेकर्ड बनेको छ । चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रुपैयाँ बढेको हो । अघिल्लो दिन ३२८० रुपैयाँ प्रतितोलामा चाँदी कारोबार भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?