नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ७, २०८२
|
|
३२ पटक हेरिएको
Shares
नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

सारांश

  • नेपाल क्रिकेट संघ क्यानले नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ ।
  • क्यानले सोमबार साँझ नयाँ जर्सी सार्वजनिक गरेको हो ।
  • जर्सीमा पहिलेको भन्दा केही कुराहरूमा परिमार्जन गरिएको छ ।

७ असोज, काठमाडौं ।

नेपाल क्रिकेट संघ क्यानले नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । क्यानले सोमबार साँझ नयाँ जर्सी सार्वजनिक गरेको हो । जर्सीमा पहिलेको भन्दा केही कुराहरूमा परिमार्जन गरिएको छ । नयाँ जर्सीमा गाढा निलो र  रातो रङको प्रयोग भएको छ । त्यस्तै एकतर्फको काँधमा नेपालको झण्डाको चन्द्र र अर्कोतर्फको काँधमा सूर्य अंकित छ ।

त्यस्तै जर्सी स्पोन्सर नासा सेक्युरिटिजको लोगो जर्सीको बीच भागमा कायम छ । जर्सीको तल्लो भागमा सगरमाथाको संकेत गर्ने चित्र पनि समावेश छ । यसअघि नेपालको नाम लेख्दा पहेंलो रङको प्रयोग भएकोमा नयाँ जर्सीमा सेतो रङकै प्रयोग भएको छ । नेपाली क्रिकेट टोली पनि वेस्ट इन्डिजसँगको शृंखला खेल्न आजै बेलुकी यूएई प्रस्थान गरेको छ । नेपालले वेस्ट इन्डिजसँग ३ खेलको टी-२०आई शृंखला खेल्दै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको अवरोधपछि स्थगित भयो सुदूरपश्चिम प्रदेशसभाको बैठक
कांग्रेसको अवरोधपछि स्थगित भयो सुदूरपश्चिम प्रदेशसभाको बैठक
कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- खास लडाइँ भोलिबाट सुरु हुन्छ
कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- खास लडाइँ भोलिबाट सुरु हुन्छ
पहिराले कर्णाली राजमार्ग र देहिमाडौँ–गिरेगडा सडक अवरुद्ध
पहिराले कर्णाली राजमार्ग र देहिमाडौँ–गिरेगडा सडक अवरुद्ध
रवि लामिछानेसँग आज पनि बयान लिइँदै
रवि लामिछानेसँग आज पनि बयान लिइँदै
आजकाे माैसम : पहाडमा आंशिक बदली, तराई–उपत्यकामा हुस्सु
आजकाे माैसम : पहाडमा आंशिक बदली, तराई–उपत्यकामा हुस्सु
नेपाली क्रिकेटर आरिफले गरे विवाह, आसिफले आज लगनगाँठाे कस्दै
नेपाली क्रिकेटर आरिफले गरे विवाह, आसिफले आज लगनगाँठाे कस्दै
नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
बालेन शाहसँग देश चलाउने विचार छैन : राजेन्द्र महतो
बालेन शाहसँग देश चलाउने विचार छैन : राजेन्द्र महतो
नवलपरासी पश्चिममा २ समुदायबीच झडप : रुपन्देहीबाट खटाइयो ५० प्रहरी
नवलपरासी पश्चिममा २ समुदायबीच झडप : रुपन्देहीबाट खटाइयो ५० प्रहरी
हङकङ सुपर सिक्सेस : अफगानिस्तानसँग नेपाल पराजित
हङकङ सुपर सिक्सेस : अफगानिस्तानसँग नेपाल पराजित