रोनाल्डोको सम्मानमा सिक्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ३०, २०८१
|
|
३२ पटक हेरिएको
Shares
रोनाल्डोको सम्मानमा सिक्का

सारांश

  • ३९ वर्षीय रोनाल्डोले विश्व फुटबलमा बनाएको छविलाई उत्सवका रूपमा लिँदै र उनको उल्लेखनीय उपलब्धिहरूको कदर गर्दै पोर्चुगल सरकारले उक्त सिक्का बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।
  • जसअनुसार उक्त स्मारक सिक्का इतिहासकै सबैभन्दा महान फुटबल खेलाडीहरूमध्ये एकका रूपमा निकालिएको बताइएको छ।
  • खेलका माध्यमबाट पोर्चुगललाई विश्वमा चिनाउन सफल बनेका रोनाल्डोले उपाधिसहितका अरू तथ्यांकमा पनि उत्तिकै दखल राखेका छन् ।

३० भदौ , पोर्चुगल सरकारले रोनाल्डोको सम्मानमा सात युरोको सिक्का निकालेको छ।३९ वर्षीय रोनाल्डोले विश्व फुटबलमा बनाएको छविलाई उत्सवका रूपमा लिँदै र उनको उल्लेखनीय उपलब्धिहरूको कदर गर्दै पोर्चुगल सरकारले उक्त सिक्का बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। जसअनुसार उक्त स्मारक सिक्का इतिहासकै सबैभन्दा महान फुटबल खेलाडीहरूमध्ये एकका रूपमा निकालिएको बताइएको छ। खेलका माध्यमबाट पोर्चुगललाई विश्वमा चिनाउन सफल बनेका रोनाल्डोले उपाधिसहितका अरू तथ्यांकमा पनि उत्तिकै दखल राखेका छन् । मिस्टर च्याम्पियन्स भनेर चिनिने रोनाल्डो मैदानभित्र मात्र नभएर मैदानबाहिरका पनि प्रभावशाली व्यक्ति मानिन्छन्।रोनाल्डो फुटबलमा मात्र होइन समाजसेवामा पनि सक्रिय रहेका छन्। उनले बाल अस्पतालहरूमा आर्थिक सहयोग गरेका छन् भने विपद् प्रभावितका लागि राहत र शैक्षिक पहलका लागि समेत सहयोग गरेका छन् । उनले समाजिक कार्यका लागि विभिन्न समयमा च्यारिटी म्याच समेत खेल्ने गर्छन । सन् २०१६ मा ऐतिहासिक रूपमा पोर्चुगललाई युरो कपको उपाधि दिलाएका रोनाल्डोले २०१९ मा नेसन्स लिगको उपाधि हात पारेका थिए। त्यसबाहेक पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डोले फुटबल इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुँदै राष्ट्रको पहिचानलाई अझ फराकिलो पारेका छ।फुटबलभन्दा बाहिर सामाजिक सञ्जालमा पनि रोनाल्डोको उत्तिकै प्रभाव छ। केही दिन अघिमात्र उनी सबै प्रकारका सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स बनाउने पहिलो व्यक्ति भएका छन्। उनी पछिल्लो अढाइ दशकयता विश्व फुटबलमा राज गरिरहेका रोनाल्डो ‘एक्स’, इन्स्टाग्राम, फेसबुक र युट्युबमा सक्रिय छन्। युट्युबसहित सबै सामाजिक सञ्जालबाट उनले आकर्षक आम्दानीसमेत गर्छन्। फेसबुक, एक्स र इन्स्टाग्राममा एउटा विज्ञापन गरेबापत उनले करोडौं शुल्क लिने गर्छन। उमेरले चार दशक पुग्न लागे पनि मैदानमा आफूलाई प्रमाणित गर्न तत्पर देखिएका रोनाल्डो तत्काल सन्न्यास लिने सोचमा देखिंदैनन। व्यवसायिक रूपमा आफ्नो फुटबल करियर भने साउदी अरेबियाको अल नासरबाटै अन्त्य गर्ने उनले घोषणा गरिसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलमान घिसिङको रिट दर्ता, भोलिका लागि पेसीमा चढ्यो
कुलमान घिसिङको रिट दर्ता, भोलिका लागि पेसीमा चढ्यो
कानेपोखरीमा माओवादीको कार्यक्रमका लागि २ निजी विद्यालयले दिए बिदा
कानेपोखरीमा माओवादीको कार्यक्रमका लागि २ निजी विद्यालयले दिए बिदा
विद्यार्थीको प्रदर्शनपछि बंगलादेशका प्रधानन्यायाधीशद्वारा पदबाट राजीनामा
विद्यार्थीको प्रदर्शनपछि बंगलादेशका प्रधानन्यायाधीशद्वारा पदबाट राजीनामा
चार वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
चार वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
प्रतिनिधिसभामा कांग्रेस र रास्वपाको सवाल–जवाफ, एकअर्कोले लगाए ‘चोर’को आरोप
प्रतिनिधिसभामा कांग्रेस र रास्वपाको सवाल–जवाफ, एकअर्कोले लगाए ‘चोर’को आरोप
अधिकार बाँडफाँटले द्वन्द्व गराएको छ, व्यवस्थापन जरुरी छ : मन्त्री लेखक
अधिकार बाँडफाँटले द्वन्द्व गराएको छ, व्यवस्थापन जरुरी छ : मन्त्री लेखक
बैतडीमा केन्द्रबिन्दु भएर भूकम्प
बैतडीमा केन्द्रबिन्दु भएर भूकम्प
सर्लाहीमा स्रोत नखुलेको सात लाखभन्दा बढी नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ
सर्लाहीमा स्रोत नखुलेको सात लाखभन्दा बढी नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ
रूस–यूक्रेन शान्ति प्रस्तावमा ‘सकारात्मक संकेत’ भेटिएको ट्रम्पको दाबी
रूस–यूक्रेन शान्ति प्रस्तावमा ‘सकारात्मक संकेत’ भेटिएको ट्रम्पको दाबी
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...