विहारका पूर्वमुख्यमन्त्री लालुप्रसादले आफ्ना छोरालाई गरे ६ वर्षको लागि पार्टीबाट निष्कासन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १२, २०८२
|
|
२४ पटक हेरिएको
Shares
विहारका पूर्वमुख्यमन्त्री लालुप्रसादले आफ्ना छोरालाई गरे ६ वर्षको लागि पार्टीबाट निष्कासन

सारांश

  •   भारतको विहार राज्यका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (आरजेडी)का अध्यक्ष लालुप्रसाद यादवले आफ्ना जेठा छोरा तेजप्रताप यादवलाई ६ वर्षको लागि पार्टीबाट निष्कासन गरेका छन् ।
  • लालुप्रसादले सामाजिक सञ्जाल एक्समा एक पोष्ट गर्दै उक्त जानकारी दिएका हुन् ।
  • उनले भने, “अब पार्टी र परिवारमा तेजप्रताप यादवको कुनै पनि भूमिका हुनेछैन ।

१२ जेठ, विहार । 

भारतको विहार राज्यका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (आरजेडी)का अध्यक्ष लालुप्रसाद यादवले आफ्ना जेठा छोरा तेजप्रताप यादवलाई ६ वर्षको लागि पार्टीबाट निष्कासन गरेका छन् । लालुप्रसादले सामाजिक सञ्जाल एक्समा एक पोष्ट गर्दै उक्त जानकारी दिएका हुन् । उनले भने, “अब पार्टी र परिवारमा तेजप्रताप यादवको कुनै पनि भूमिका हुनेछैन ।” मे २४ मा तेजप्रतापले फेसबुकमा गरेको एक पोष्टपछि लालुयादवले यो कदम उठाएका बीबीसी हिन्दीले जनाएको छ । उक्त पोष्टमा तेजप्रतापले एक युवतीसँग १२ वर्षदेखि प्रेम सम्बन्ध चलेको स्वीकार गरेका थिए ।

तर, पछि तेजप्रतापले उक्त फेसबुक पोष्ट मेटाउँदै आफ्नो सामाजिक सञ्जाल खाता ह्याक भएको दाबी गरेका थिए । तर, तेजप्रतापको उक्त पोष्टले विहारमा राजनीतिक बहसलाई तीव्र बनाएको समाचारमा उल्लेख छ । विहारमा यस वर्ष हुने विधानसभा चुनावका कारण घटनालाई राजनीतिक दृष्टिकोणबाट पनि हेरिएको छ । त्यसैले यो पोष्टले विशेष महत्त्व राख्ने बताइएको छ ।  प्रायः निधारमा चन्दन लगाएर सार्वजानिक कार्यक्रममा देखिने तेजप्रताप कहिले भगवान कृष्ण त कहिले शिवको रूप धारण गर्छन् । उनी धेरै पटक सार्वजनिक कार्यक्रमहरूमा बाँसुरी बजाउँदै गरेको पनि देखिन्छन् । तर, तेजप्रतापको सार्वजनिक व्यवहारले लालु परिवारलाई धेरै पटक असहज बनाएको छ ।

टाटा इन्स्टिच्युट अफ सोसल साइन्सेज, पटनाका पूर्वप्राध्यापक पुष्पेन्द्रकुमार सिंहले भने, “लालुयादवलाई यो विषय नैतिकता वा पारिवारिक मूल्यको प्रश्न भएकाले उनलाई विहारनिकट भविष्यमा हुने चुनावमा नोक्सानी हुन सक्छ । यो जनताको ध्यान तान्न लिइएको कदम हो । नत्र भने कसैलाई परिवारबाट कसरी निकाल्न सकिन्छ ?” वरिष्ठ पत्रकार अरवीन्द शर्माले भने, “लालुयादवले यो कदम बाध्य भएर उठाउनुपर्‍यो किनभने यसले आउँदो चुनावमा उनको पार्टी र महागठबन्धन दुवैलाई नोक्सान गर्न सक्थ्यो । तर यो कारबाही मात्र प्रतीकात्मक हो ।” तर, पूर्वमुख्यमन्त्री राबडी देवीका भाइ सुभाष यादवले भने यो कारबाही नभएर लालु परिवारको नाटक भएको भन्दै यो विहारको जनतालाई बेवकुफ बनाउने षडयन्त्र मात्र भएको आरोप लगाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली शान्ति सैनिकको अदलीबदली
नेपाली शान्ति सैनिकको अदलीबदली
विदेशी नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा
विदेशी नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छः मीना यादव
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छः मीना यादव
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न आवश्यक : राष्ट्रपति
स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न आवश्यक : राष्ट्रपति
जितलाई निरन्तरता दिने लक्ष्यमा कर्णाली र विराटनगर
जितलाई निरन्तरता दिने लक्ष्यमा कर्णाली र विराटनगर
मिथिलामा आज ‘रावणवध’ उत्सव
मिथिलामा आज ‘रावणवध’ उत्सव
काठमाडौं महानगरद्वारा साना होटेल रेष्टुरेण्ट व्यवसायमा अनुगमन, सुधारका लागि निर्देशन
काठमाडौं महानगरद्वारा साना होटेल रेष्टुरेण्ट व्यवसायमा अनुगमन, सुधारका लागि निर्देशन
राजावादीहरु विमानस्थल बाहिर भेला हुने क्रम सुरु, सुरक्षा व्यवस्था कडा
राजावादीहरु विमानस्थल बाहिर भेला हुने क्रम सुरु, सुरक्षा व्यवस्था कडा
नेपाली सेनाद्वारा बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण
नेपाली सेनाद्वारा बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण