३ किलो लागू औषधसहित सल्यानमा दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
२८ पटक हेरिएको
Shares
३ किलो लागू औषधसहित सल्यानमा दुई जना पक्राउ

सारांश

  • लागु औषधसहित प्रहरीले जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाको मुख्य बजार सल्लीबजारबाट बन्गाड कुपिण्डे नगरपालिका–१ की वर्ष ३८ की भूमा बुढाथोकी र सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–४ का ६५ वर्षीय भद्रबहादुर सिंहलाई पक्राउ गरेको हो ।
  • जाजरकोटबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ४००८ नम्बरको गाडी जाँच गर्दा बन्गाड कुपिण्डे नगरपालिका १ की भूमा बुढाथोकीको झोलाभित्र प्लास्टिकको डिब्बामा लुकाइ ल्याएको ३ किलो चरेसजस्तो देखिने कालोपदार्थ फेला परेपछि महिलालाई गाडीबाटै र पुरुषलाई लागु औषध कारोबारमा संलग्न भएको गोप्य सूचनाको आधारमा घर नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।
  • पक्राउमा परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सल्यान ल्याइएको र प्रहरी कार्यालयको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी गराए ।

२९ चैत, सल्यान —

लागुऔषधसहित प्रहरीले सल्यानमा दुई जनालाई पक्राउ गरेको छ । लागु औषधसहित प्रहरीले जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाको मुख्य बजार सल्लीबजारबाट बन्गाड कुपिण्डे नगरपालिका–१ की वर्ष ३८ की भूमा बुढाथोकी र सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–४ का ६५ वर्षीय भद्रबहादुर सिंहलाई पक्राउ गरेको हो ।

जाजरकोटबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ४००८ नम्बरको गाडी जाँच गर्दा बन्गाड कुपिण्डे नगरपालिका १ की भूमा बुढाथोकीको झोलाभित्र प्लास्टिकको डिब्बामा लुकाइ ल्याएको ३ किलो चरेसजस्तो देखिने कालोपदार्थ फेला परेपछि महिलालाई गाडीबाटै र पुरुषलाई लागु औषध कारोबारमा संलग्न भएको गोप्य सूचनाको आधारमा घर नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए । पक्राउमा परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सल्यान ल्याइएको र प्रहरी कार्यालयको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी गराए । उनीहरुले प्रयोग गरेका गाडी समेत नियन्त्रणमा लिएको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशमा पहिलो पटक महिला क्रिकेट प्रतियोगिता हुँदै
मधेश प्रदेशमा पहिलो पटक महिला क्रिकेट प्रतियोगिता हुँदै
मधेस प्रदेश : मन्त्रालय खोसिएपछि जनमत पार्टी आक्रोशित
मधेस प्रदेश : मन्त्रालय खोसिएपछि जनमत पार्टी आक्रोशित
सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने मन्त्रिपरिषद्को निर्णय
सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने मन्त्रिपरिषद्को निर्णय
अर्थमन्त्रीले तोके निलमलाई कामु गभर्नरको जिम्मेवारी
अर्थमन्त्रीले तोके निलमलाई कामु गभर्नरको जिम्मेवारी
मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु, मन्त्री रावलद्वारा प्रत्यक्ष निरीक्षण प्रणाली लागू
मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु, मन्त्री रावलद्वारा प्रत्यक्ष निरीक्षण प्रणाली लागू
कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनरत समूह र नेता निधिबीच चर्काचर्की
कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनरत समूह र नेता निधिबीच चर्काचर्की
त्रिविका उपकुलपतिको राजीनामा स्वीकृत
त्रिविका उपकुलपतिको राजीनामा स्वीकृत
प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यको निधन
प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यको निधन
इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
सुजन बिकका आफन्तले गृहमन्त्री गुरुङसँग राखे न्यायको माग
सुजन बिकका आफन्तले गृहमन्त्री गुरुङसँग राखे न्यायको माग