मधेश प्रदेशमा पहिलो पटक महिला क्रिकेट प्रतियोगिता हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ३१, २०८३
|
|
३१६ पटक हेरिएको
Shares
मधेश प्रदेशमा पहिलो पटक महिला क्रिकेट प्रतियोगिता हुँदै

सारांश

  • मधेश प्रदेशमा पहिलो पटक महिला खेलाडीहरुका लागि सहिद कप महिला क्रिकेट लिग प्रतियोगीता २०८३ सुरु भएको छ ।
  • बिहीबार (आज) देखि सुरु भएको उक्त प्रतियोगितामा मधेश प्रदेशका ८ वटै जिल्लाका महिला क्रिकेट खेलाडीहरुको उपस्थिती रहेको छ ।
  • मधेश खेलकुद परिषद्को अगुवाई र धनुषा जिल्ला क्रिकेट संघको सहकार्यमा सुरु भएको ८ दिनसम्म चल्ने यस क्रिकेट प्रतियोगितामा समूह ए र समूह बी गरेर १५ वटा खेलहरु हुनेछ ।

३१ वैशाख, जनकपुर ।

मधेश प्रदेशमा पहिलो पटक महिला खेलाडीहरुका लागि सहिद कप महिला क्रिकेट लिग प्रतियोगीता २०८३ सुरु भएको छ । बिहीबार (आज) देखि सुरु भएको उक्त प्रतियोगितामा मधेश प्रदेशका ८ वटै जिल्लाका महिला क्रिकेट खेलाडीहरुको उपस्थिती रहेको छ । मधेश खेलकुद परिषद्को अगुवाई र धनुषा जिल्ला क्रिकेट संघको सहकार्यमा सुरु भएको ८ दिनसम्म चल्ने यस क्रिकेट प्रतियोगितामा समूह ए र समूह बी गरेर १५ वटा खेलहरु हुनेछ ।

समूह ए अन्तर्गत पर्सा, बारा, रौतहट र सर्लाही रहेको छ भने समूह बी अन्तर्गत महोत्तरी, धनुषा, सप्तरी र सिरहा रहेका छन् । आजबाट सुरु भएको लिग चरणको खेल समाप्त भएपछि फाईनल खेल जेष्ठ ७ गतेदेखि सुरु हुने जनाइएको छ । मधेश प्रदेश सरकारले यस प्रतियोगिताका निम्ति ३० लाख रुपैयाँ बजेट छुट्याएको छ । खेलका बिजेता टिम र म्यान अफ द म्याच, म्यान अफ द लिगका लागि ट्रफी र मेडल दिईने जानकारी गराइएको छ । आजको उद्घाटन खेल धनुषा र महोत्तरीबीच हुँदैछ भने आजै अर्को खेल सप्तरी र सिरहा टीमबीच हुनेछ । उद्घाटन कार्यक्रममा खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश प्रदेशका निमित सचिव सुशील कुमार शाहले प्रदेशमा रहेका महिला खेलाडिहरुको प्रोत्साहन र नयाँ प्रतिभाहरुको पहिचानका निम्ति यस प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए । त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले रंङ्गशाला निर्माण प्रक्रिया अगाडि बढेको जानकारी गराए । उनले रंङ्गशाला निर्माण जति छिटो हुनेछ त्यत्ति नै छिटो जनकपुरधाम विकासको बाटोतर्फ नयाँ पाईला चाल्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२० वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति
२० वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति
असई हुँ भन्दै ठगी गर्ने २६ वर्षीय युवक पक्राउ
असई हुँ भन्दै ठगी गर्ने २६ वर्षीय युवक पक्राउ
तत्कालीन नगर प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
तत्कालीन नगर प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
वरिष्ठ पत्रकार रिसालको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
वरिष्ठ पत्रकार रिसालको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
सहकारी ठगी प्रकरण: आजदेखि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्ने
सहकारी ठगी प्रकरण: आजदेखि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्ने
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
विपद्को जोखिम व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री आर्याल
विपद्को जोखिम व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री आर्याल
चिया निर्यातमा भारतीय अवरोध, भोलिदेखि उद्योग बन्द गर्ने उद्योगीको घोषणा
चिया निर्यातमा भारतीय अवरोध, भोलिदेखि उद्योग बन्द गर्ने उद्योगीको घोषणा