च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन २१, २०८१
|
|
२४ पटक हेरिएको
Shares
च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

सारांश

  • आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज हुँदै छ ।
  • फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै छन् ।
  • पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा हुने खेल दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।

२१ फागुन, काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज हुँदै छ । फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै छन् । पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा हुने खेल दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ । यस खेलको विजेताले उपाधिका लागि भारतसँग दुबईमा खेल्नेछ ।

दक्षिण अफ्रिका समूह बी को विजेता तथा न्युजिल्याण्ड समूह ए को उपविजेताका रूपमा सेमिफाइनल खेल्न लागेका हुन् । दक्षिण अफ्रिका यस प्रतियोगितामा हालसम्म अपराजित छ भने न्युजिल्याण्ड भारतसँग पराजित भएको थियो । दक्षिण अफ्रिकाले समूह चरणमा अफगानिस्तान र इंग्ल्याण्डलाई हराएको थियो भने अस्ट्रेलियासँगको खेल वर्षाले नतिजाविहीन भएको थियो ।

न्युजिल्याण्डले समूह चरणमा बंगलादेश र पाकिस्तानलाई हराउँदा भारतसँग पराजित भएको थियो । दक्षिण अफ्रिकालाई हराए न्युजिल्याण्डको भेट भारतसँग दोस्रोपटक हुनेछ । यसअघि मंगलबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै, रास्वपा सहभागी नहुने
प्रचण्डको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै, रास्वपा सहभागी नहुने
सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा
सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा
विरोध भइरहँदा संसद चलाउनु दादागिरी हो : ज्ञानेन्द्र शाही
विरोध भइरहँदा संसद चलाउनु दादागिरी हो : ज्ञानेन्द्र शाही
रञ्जितालाई नाउपाको अध्यक्षबाट हटाउने प्रस्ताव पारित
रञ्जितालाई नाउपाको अध्यक्षबाट हटाउने प्रस्ताव पारित
हरिसिद्धिमा बालिकालाई गाडीले ठक्कर दिने कोसीका मन्त्री मगरलाई बर्खास्त गर्न कमल थापाको माग
हरिसिद्धिमा बालिकालाई गाडीले ठक्कर दिने कोसीका मन्त्री मगरलाई बर्खास्त गर्न कमल थापाको माग
बाराको सिमरा अझै अशान्त, आज पनि कर्फ्यु आदेश जारी
बाराको सिमरा अझै अशान्त, आज पनि कर्फ्यु आदेश जारी
हर्मुज जलमार्गमा इरानले पारवहन शुल्क लगाउने प्रयास गरे स्वीकार्य हुँदैनः ट्रम्प
हर्मुज जलमार्गमा इरानले पारवहन शुल्क लगाउने प्रयास गरे स्वीकार्य हुँदैनः ट्रम्प
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
राष्ट्रिय सभालाई सम्बोधन गर्दै, प्रधानमन्त्री ओली
राष्ट्रिय सभालाई सम्बोधन गर्दै, प्रधानमन्त्री ओली