कोशी प्रदेशमा साना तथा मझौला उद्योगको प्रवर्द्धनका लागि ८ अर्बको परियोजना सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
२३ पटक हेरिएको
Shares
कोशी प्रदेशमा साना तथा मझौला उद्योगको प्रवर्द्धनका लागि ८ अर्बको परियोजना सुरु

सारांश

  • साना तथा मझौला उद्योगको प्रवर्धनका लागि कोशी प्रदेश सरकारले ८ अर्बको परियोजनामा हस्ताक्षर गरेको छ ।
  • प्रदेशमा रहेका साना तथा मझौला उद्योग र उद्योगीलाई बिना धितो ऋण दिने गरी स्विस कन्ट्रक्ट अन्तरगतको उदय परियोजनामा हस्ताक्षर भएको हो ।
  • परियोजना सुरु भएपछि प्रदेशमा रहेका साना तथा मझौला उद्योगीहरूले बिना झन्झट सहुलियतमा ऋण पाउने कोशी प्रदेश सरकार अर्थिक मामिला तथा योजना मन्त्री राम रानाले बताए ।

१७ चैत, विराटनगर ।

साना तथा मझौला उद्योगको प्रवर्धनका लागि कोशी प्रदेश सरकारले ८ अर्बको परियोजनामा हस्ताक्षर गरेको छ । प्रदेशमा रहेका साना तथा मझौला उद्योग र उद्योगीलाई बिना धितो ऋण दिने गरी स्विस कन्ट्रक्ट अन्तरगतको उदय परियोजनामा हस्ताक्षर भएको हो ।

परियोजना सुरु भएपछि प्रदेशमा रहेका साना तथा मझौला उद्योगीहरूले बिना झन्झट सहुलियतमा ऋण पाउने कोशी प्रदेश सरकार अर्थिक मामिला तथा योजना मन्त्री राम रानाले बताए । साना तथा मझौला उद्योगहरूमा लगानी बैकहरूले नै गर्ने मन्त्री रानाले बताए । बैकहरूसँग सरकारले समन्वय गरिदिने र व्यवसाय डुबेर ऋण नतिरे सरकार नै ग्योरेन्टी बस्ने गरिएको परियोजना सुरु भएको मन्त्री रानाले बताए ।

बैकहरूलाई ग्यारेन्टी र व्यवसायका सुरक्षाका लागि  सहयोगी कोष र जोखिम कोषको व्यवस्था गरिएको छ । परियोजनाले बैक र उद्योगी दुवैलाई फाइदा हुने मन्त्री रानाले बताए । उनले भने, ‘आवश्यकता अनुसार उद्योगीहरूले ऋण पाउने भए , इन्केस व्यवसाय डुबे पनि बैकहरूले रकम पाउने भए ।’ उनले यसका लागि ६० करोड र २९ करोडको कोष बनाएको बताए । उनले यस परियोजनामा नयाँ र पुराना दुवै उद्योगीहरू सहभागी हुन सक्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा र राप्रपालाई सभामुखको आग्रह– संसदीय प्रक्रियामा सहभागी हुनुस्
रास्वपा र राप्रपालाई सभामुखको आग्रह– संसदीय प्रक्रियामा सहभागी हुनुस्
एक सातादेखि हराएकी अञ्जली घरभित्रै पूजाकोठामा गाडेको अवस्थामा फेला
एक सातादेखि हराएकी अञ्जली घरभित्रै पूजाकोठामा गाडेको अवस्थामा फेला
जलवायु परिवर्तनको संकट आउनुमा नेपालको भूमिका छैन : प्रधानमन्त्री ओली
जलवायु परिवर्तनको संकट आउनुमा नेपालको भूमिका छैन : प्रधानमन्त्री ओली
‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम सांसद साहद्वारा बहिष्कार
‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम सांसद साहद्वारा बहिष्कार
कांग्रेस बैठकमा प्रस्तुत भयो मंसिर २४ मा विशेष महाधिवेशनको प्रस्ताव
कांग्रेस बैठकमा प्रस्तुत भयो मंसिर २४ मा विशेष महाधिवेशनको प्रस्ताव
गुल्मीको मुसिकोटबाट एक वर्षमा ६९६ जना बसाइँ सरे
गुल्मीको मुसिकोटबाट एक वर्षमा ६९६ जना बसाइँ सरे
शिक्षकहरुको भावनाप्रती नेपाल सरकारको परेड
शिक्षकहरुको भावनाप्रती नेपाल सरकारको परेड
हैदराबादको जितसँगै आईपीएलको प्लेअफ दौडबाट बाहिरियो लखनऊ
हैदराबादको जितसँगै आईपीएलको प्लेअफ दौडबाट बाहिरियो लखनऊ
नरेनको ५ विकेटमा सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले हरायो
नरेनको ५ विकेटमा सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले हरायो
मधेशको सवालमा सधै लडि रहने छु: राजेन्द्र महतो 
मधेशको सवालमा सधै लडि रहने छु: राजेन्द्र महतो