Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कोशी प्रदेशमा साना तथा मझौला उद्योगको प्रवर्द्धनका लागि ८ अर्बको परियोजना सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
४५ पटक हेरिएको
Shares
कोशी प्रदेशमा साना तथा मझौला उद्योगको प्रवर्द्धनका लागि ८ अर्बको परियोजना सुरु

सारांश

  • साना तथा मझौला उद्योगको प्रवर्धनका लागि कोशी प्रदेश सरकारले ८ अर्बको परियोजनामा हस्ताक्षर गरेको छ ।
  • प्रदेशमा रहेका साना तथा मझौला उद्योग र उद्योगीलाई बिना धितो ऋण दिने गरी स्विस कन्ट्रक्ट अन्तरगतको उदय परियोजनामा हस्ताक्षर भएको हो ।
  • परियोजना सुरु भएपछि प्रदेशमा रहेका साना तथा मझौला उद्योगीहरूले बिना झन्झट सहुलियतमा ऋण पाउने कोशी प्रदेश सरकार अर्थिक मामिला तथा योजना मन्त्री राम रानाले बताए ।

 

१७ चैत, विराटनगर ।

साना तथा मझौला उद्योगको प्रवर्धनका लागि कोशी प्रदेश सरकारले ८ अर्बको परियोजनामा हस्ताक्षर गरेको छ । प्रदेशमा रहेका साना तथा मझौला उद्योग र उद्योगीलाई बिना धितो ऋण दिने गरी स्विस कन्ट्रक्ट अन्तरगतको उदय परियोजनामा हस्ताक्षर भएको हो ।

परियोजना सुरु भएपछि प्रदेशमा रहेका साना तथा मझौला उद्योगीहरूले बिना झन्झट सहुलियतमा ऋण पाउने कोशी प्रदेश सरकार अर्थिक मामिला तथा योजना मन्त्री राम रानाले बताए । साना तथा मझौला उद्योगहरूमा लगानी बैकहरूले नै गर्ने मन्त्री रानाले बताए । बैकहरूसँग सरकारले समन्वय गरिदिने र व्यवसाय डुबेर ऋण नतिरे सरकार नै ग्योरेन्टी बस्ने गरिएको परियोजना सुरु भएको मन्त्री रानाले बताए ।

बैकहरूलाई ग्यारेन्टी र व्यवसायका सुरक्षाका लागि  सहयोगी कोष र जोखिम कोषको व्यवस्था गरिएको छ । परियोजनाले बैक र उद्योगी दुवैलाई फाइदा हुने मन्त्री रानाले बताए । उनले भने, ‘आवश्यकता अनुसार उद्योगीहरूले ऋण पाउने भए , इन्केस व्यवसाय डुबे पनि बैकहरूले रकम पाउने भए ।’ उनले यसका लागि ६० करोड र २९ करोडको कोष बनाएको बताए । उनले यस परियोजनामा नयाँ र पुराना दुवै उद्योगीहरू सहभागी हुन सक्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सावधान ! कतै तपाईं पनि साइबर ठगको जालोमा त पर्दै हुनुहुन्न ?
सावधान ! कतै तपाईं पनि साइबर ठगको जालोमा त पर्दै हुनुहुन्न ?
राजस्थान रोयल्सको लगातार चौथो जित, बेंगलुरु ६ विकेटले पराजित
राजस्थान रोयल्सको लगातार चौथो जित, बेंगलुरु ६ विकेटले पराजित
८० वर्षीय हजुरबुवाको हत्या, नाति-नातिनी पक्राउ
८० वर्षीय हजुरबुवाको हत्या, नाति-नातिनी पक्राउ
न्युजिल्यान्डका उपप्रधानमन्त्री नेपाल आउँदै
न्युजिल्यान्डका उपप्रधानमन्त्री नेपाल आउँदै
हवाई साधनमार्फत २३ जनाको उद्धार
हवाई साधनमार्फत २३ जनाको उद्धार
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा तालाबन्दी
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा तालाबन्दी
रास्वपाले गर्‍यो सबै प्रदेश इन्चार्जहरूलाई जिम्मेवारी मुक्त
रास्वपाले गर्‍यो सबै प्रदेश इन्चार्जहरूलाई जिम्मेवारी मुक्त
म्यादी प्रहरीलाई अब ‘निर्वाचन प्रहरी’ भनिने
म्यादी प्रहरीलाई अब ‘निर्वाचन प्रहरी’ भनिने
धरानलाई खानेपानी माग्दै खानेपानी मन्त्रालय पुगे मेयर हर्क साम्पाङ
धरानलाई खानेपानी माग्दै खानेपानी मन्त्रालय पुगे मेयर हर्क साम्पाङ
आइतबार तोलामा १६ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?
आइतबार तोलामा १६ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?