न्युजिल्यान्डका उपप्रधानमन्त्री नेपाल आउँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १३, २०८२
|
|
२६ पटक हेरिएको
Shares
न्युजिल्यान्डका उपप्रधानमन्त्री नेपाल आउँदै

सारांश

  • न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिटर्स दुई दिने नेपाल भ्रमणमा आउने भएका छन् ।
  • नेपालको औपचारिक भ्रमणका लागि उनी जेठ १५ गते काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
  • नेपाल बसाइँको क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् ।

 

१३ जेठ, काठमाडौं ।

न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिटर्स दुई दिने नेपाल भ्रमणमा आउने भएका छन् ।नेपालको औपचारिक भ्रमणका लागि उनी जेठ १५ गते काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल बसाइँको क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् ।  साथै, उनले परराष्ट्रमन्त्री डा. अरुजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

यो भ्रमण न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीबाट नेपालमा हुने पहिलो औपचारिक भ्रमण हो । यो भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । न्युजिल्यान्ड सरकारको आधिकारिक वेबसाइटमा प्रकाशित एक विज्ञप्तिमा उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिटर्सले अष्ट्रेलिया, श्रीलंका, नेपाल र भारतको भ्रमण गर्ने उल्लेख छ । यस भ्रमणको उद्देश्य दक्षिण एसियाली देशहरूसँगको सम्बन्ध सुदृढ गर्नु रहेको न्युजिल्यान्ड सरकारले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?