पाँचथरको वनमा आगलागी : एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते
प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
१९ पटक हेरिएको
0
Shares
प्रेस संवाददाता
0
Shares
सारांश
पाँचथरमा वनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मृतक र घाइते एकै परिवारका हुन् ।
२२ चैत, विराटनगर ।
पाँचथरमा वनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार मृतक र घाइते एकै परिवारका हुन् । पाँचथरको कुम्मायक गाउँपालिका- ३ मा रहेको निजी वनमा आगलागी हुँदा घाँस दाउरा गर्न गएकी कुम्याक-३ हात्तीपोखरीकी २२ वर्षीया प्रतिमा सम्वाहाम्फेको मृत्यु भएको हो ।
आगलागीमा परी ६० वर्षीया निरमाया सम्वाहाम्फे, उनकी छोरी २८ वर्षीया सपना सम्वाहाम्फे, सपनाकी छोरी ११ वर्षीया शिवाना सम्वाहाम्फे गम्भीर घाइते भएका हुन् । मृतक युवती निरमायाको नातिनी हुन् । पाँचथर प्रहरी प्रमुख डीएसपी कौशलकुमार बुढाथोकीका अनुसार पहाडमा माथि घाँस दाउरा गरिरहेका बेला तलबाट आगलागी सुरु भएको थियो । भाग्ने ठाउँ नभेटेपछि आगोमा चार जना परेको उनले बताए ।
घाइतेकाे बिहीबार दिउँसो प्रहरीले उद्धार गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको उनले बताए । धरानमा उपचारका क्रममा बिहीबार राति प्रतिमाको मृत्यु भएको हो । अन्य तीन जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । आगलागी भएको निजी वन सोही स्थानका अमर थापा र पदम खड्कालगायतको हो ।
प्रतिक्रिया