Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

वीर अस्पतालमा ६३ दरबन्दी थपियो, आफ्ना मान्छे राख्न मन्त्रीको दबाब

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २८, २०८०
|
|
४२ पटक हेरिएको
Shares
वीर अस्पतालमा ६३ दरबन्दी थपियो, आफ्ना मान्छे राख्न मन्त्रीको दबाब

सारांश

  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को सिनेट बैठकले नर्स र पारामेडिक्सका गरी ६३ वटा थप दरबन्दी थप गरेको छ ।
  • आइतबार सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको सिनेट बैठकले ६३ दरबन्दी थप गरी तत्काल करारमा कर्मचारी राख्ने निर्णय गरेको हो ।
  • बैठकले नाक, कान, घाँटीतर्फ स्पीच थेरापीका लागि एक जना अडियोलोजिष्ट, रेडियोग्राफर (एक्सरे गर्ने) पाँच जना, एनेस्थेसिया सहायक पाँच जना, ल्याब टेक्निसियन (पाँचौं तह) पाँच जनाको दरबन्दी स्वीकृत गरेको छ ।

२८ असोज, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को सिनेट बैठकले नर्स र पारामेडिक्सका गरी ६३ वटा थप दरबन्दी थप गरेको छ ।

आइतबार सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको सिनेट बैठकले ६३ दरबन्दी थप गरी तत्काल करारमा कर्मचारी राख्ने निर्णय गरेको हो । बैठकले नाक, कान, घाँटीतर्फ स्पीच थेरापीका लागि एक जना अडियोलोजिष्ट, रेडियोग्राफर (एक्सरे गर्ने) पाँच जना, एनेस्थेसिया सहायक पाँच जना, ल्याब टेक्निसियन (पाँचौं तह) पाँच जनाको दरबन्दी स्वीकृत गरेको छ । यस्तै केही फार्मेसी सहायक, ३० जना स्टाफ नर्स, इलेक्ट्रिसियन ४ जना, प्लम्बर ६ जना, चालक, सहायक गरी १० जनाको दरबन्दी पनि स्वीकृत गरेको छ ।

न्याम्समा तीन जना सिनेट सदस्य थपिनुका साथै तीन जनालाई प्राज्ञिक परिषदमा नियुक्त गरिएको स्रोतले जनाएकव छ । थपिएका नयाँ सिनेट सदस्यमा पूर्व राजदूत प्रा.डा. चोपलाल भुसाल, राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजाल र कोशी अस्पतालका चिकित्सक डा. दीपक सिग्देल रहेका छन् । त्यसैगरी प्राज्ञिक परिषद्मा प्रा. डा. अजित रायामाझी, प्रा.डा. दीपेन्द्र श्रेष्ठ र प्रा.डा. सरोज शर्मालाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा गत १५ असोजमा बसेको कार्यकारी परिषद्ले १८५ जना नर्ससहित २७६ जना कर्मचारीलाई २१ असोजबाट लागू हुने गरी हटाएको थियो  ।

वीर अस्पतालमा कार्यरत करारका कर्मचारी हटाएर मन्त्री बस्नेतले आफ्ना मानिस भर्ना गर्न खोजेको मन्त्रालयका उच्च अधिकारीहरु बताउँछन् । उनले नियुक्तिका लागि न्याम्सका पदाधिकारीलाई दबाब पनि दिएको स्रोतको भनाइ छ । ‘अहिले मन्त्री आफैं जान्ने सुन्ने गरी हप्की–दप्की गर्दै आएका छन् । कसैको सल्लाह सुझाव लिँदैनन्’, ती कर्मचारीले भने, ‘अहिले स्वीकृत दरबन्दीमा आफ्ना निकट मानिस घुसाउन अस्पताल निर्देशकदेखि उपकुलपतिलाई दबाब छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले महाधिवेशनमा महिला र पुरुषको समान सहभागिता
एमाले महाधिवेशनमा महिला र पुरुषको समान सहभागिता
न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल सिफारिस
न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल सिफारिस
सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त
सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त
कर्फ्यू उल्लङ्घन गर्दै सिमरा बजार क्षेत्रमा युवाको प्रदर्शन
कर्फ्यू उल्लङ्घन गर्दै सिमरा बजार क्षेत्रमा युवाको प्रदर्शन
रास्वपाको प्रवक्तामा जगदीश खरेल
रास्वपाको प्रवक्तामा जगदीश खरेल
स्रोत नखुलेको २० लाख २९ हजार रकमसहित एकजना पक्राउ
स्रोत नखुलेको २० लाख २९ हजार रकमसहित एकजना पक्राउ
वीरगञ्जमा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने
वीरगञ्जमा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द हुने
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द हुने
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रुपन्देही आउँदै
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रुपन्देही आउँदै
डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, दुबई, मलेसिया र इन्डोनेसियामा पनि सेवा विस्तार गर्दै
डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, दुबई, मलेसिया र इन्डोनेसियामा पनि सेवा विस्तार गर्दै