राष्ट्रको शान्तिका लागि मतभेदहरूसमाधान गरेर अघि बढ्नु राम्रो हो ः विद्यादेवी भण्डारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक १८, २०८२
|
|
१८ पटक हेरिएको
Shares
राष्ट्रको शान्तिका लागि मतभेदहरूसमाधान गरेर अघि बढ्नु राम्रो हो ः विद्यादेवी भण्डारी

सारांश

  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नागरिकताको प्रतिलिपि लिएकी छन् ।
  • मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित भएर प्रतिलिपि लिएकी हुन् ।
  • प्रतिलिपि लिँदै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राजनीतिक दलहरू सुसङ्गठित भएर अघि बढ्नुपर्ने बताएकी छन् ।

१८ कात्तिक, काठमाडौं ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नागरिकताको प्रतिलिपि लिएकी छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित भएर प्रतिलिपि लिएकी हुन् । प्रतिलिपि लिँदै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राजनीतिक दलहरू सुसङ्गठित भएर अघि बढ्नुपर्ने बताएकी छन् । उनले पार्टीभित्रका मतभेदहरू भए अन्तरसंघर्षबाटै समाधान गरेर अघि बढ्नुपर्ने र राष्ट्रको शान्तिका लागि पनि राजनीतिक दलहरू एक हुनुपर्ने बताइन् ।

उनले भनिन्, ‘मैले नागरिकताको प्रतिलिपि निकालेको हो । २४ भदौमा सबै जले ।यो दोस्रो पटक निकालेको प्रतिलिपि हो । तर चुनावी वातारण बनाउन सरकार लाग्नुपर्छ । पार्टीहरू टुट्नु फुट्नु राम्रो कुरा होइन, पार्टीहरू सुसङ्गठित भएर पार्टीभित्र केही मतभेद छ भने अन्तरसंघर्ष गरेर अघि बढ्नुपर्छ । राष्ट्रको शान्तिका लागि पनि पार्टीहरू पनि सुदृढ हुने र अन्तरसंवाद गरेर अघि बढ्ने, मतभेदहरू पार्टीभित्रै समाधान गरेर अघि बढ्नु राम्रो हो ।’ जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा निवासमा तोडफोड र आगजनी गरिँदा उनको नागरिकता जलेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?