सरकार स्थिर कर नीतिको पक्षमा छः अर्थमन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २७, २०८२
|
|
३१ पटक हेरिएको
Shares
सरकार स्थिर कर नीतिको पक्षमा छः अर्थमन्त्री पौडेल

सारांश

  •   उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार स्थिर कर नीतिको पक्षमा रहेको बताउनुभएको छ ।
  • शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
  • उहाँले उपभोक्ता र व्यवसायीहरु सरकारले करका नीतिमा अप एण्ड डाउन गरिरहेको र जसले विश्वसनीयतामा समस्या भएको भन्ने गुनासो गर्ने गरेको भन्दै अब विश्वासका साथ रहन आग्रह गर्नुभयो ।

२७ असार, काठमाडौं । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार स्थिर कर नीतिको पक्षमा रहेको बताउनुभएको छ ।शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले उपभोक्ता र व्यवसायीहरु सरकारले करका नीतिमा अप एण्ड डाउन गरिरहेको र जसले विश्वसनीयतामा समस्या भएको भन्ने गुनासो गर्ने गरेको भन्दै अब विश्वासका साथ रहन आग्रह गर्नुभयो । उहाँले करका नीतिहरु अप एण्ड डाउन भइरहन्छन् की भन्ने शंका नगर्न पनि आग्रह गर्नुभयो ।

करको दायरा भने बढाउन जरुरी रहेको बताउनु भयो । सरकार मुलतः एउटा कर नीति र करका दरहरुमा सापेक्षित स्थिरताको पक्षमा रहेको बताउनु भयो । त्यसै हिसावले आगामी आर्थिक वर्षको बजेट ल्याएको उहाँको दाबी छ । उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘पछिल्लो दिनमा एउटा अनुभुति उपभोक्ता र व्यवसायीहरुका बीचमा पनि के छ भने आशंका, हाम्रो करको नीति विश्वसनीय छैन । सरकारले के गर्छ, के गर्छ, अप एण्ड डाउन, तल माथि । यता उति गरिरहन्छ भन्ने आशंका थियो । त्यो आशंका निजी क्षेत्र, कर कर्ताहरु कसैले पनि गर्न पर्दैन ।

हामी स्थिर कर नीतिको पक्षमा छौँ । करको दायरा बढाउन जरुरी छ । करको दरहरुमा पनि सामुहिक परिमार्जन गर्नुपर्ने आवश्यकता बेला बेलामा हुन्छ । तर हामी मुलतः एउटा कर नीति र करका दरहरुमा सापेक्षित स्थिरताको पक्षमा छौँ । विश्वसयिनताको पक्षमा छौँ । त्यस हिसावले अहिलेको बजेट प्रश्तुत भएको छ ।’उपप्रधानमन्त्री पौडेलेल जलविद्युतको उत्पादन प्रवद्र्धन गर्ने, लचिलो नीति ल्याउने काम आफूहरुले विगतमा गरेको बताउनु भयो । जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी अभिवृद्धि गर्न अनुकुल नीतिहरु नै ल्याउने बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँमा बढ्यो चिसो, उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मुनि
काठमाडौँमा बढ्यो चिसो, उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मुनि
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
तनहुँमा दुई महिला मृ*त फेला, पहिचान खुलेन
तनहुँमा दुई महिला मृ*त फेला, पहिचान खुलेन
अमेरिकामा रहेकी उपसभामुख राना र शेखर कोइरालाबीच फोन संवाद
अमेरिकामा रहेकी उपसभामुख राना र शेखर कोइरालाबीच फोन संवाद
सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरिँदै
सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरिँदै
प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी घिमिरेलाई
प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी घिमिरेलाई
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
गरुडाका १० निजी अस्पताल नियमविपरीत सञ्चालन, बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
गरुडाका १० निजी अस्पताल नियमविपरीत सञ्चालन, बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
कारागारमा सजाय काटिरहेका कैदीको मृत्यु
कारागारमा सजाय काटिरहेका कैदीको मृत्यु
एनपीएलको पहिलो खेलको टिकटबाट उठ्ने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने
एनपीएलको पहिलो खेलको टिकटबाट उठ्ने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने