नागरिक सेवा सरकारको पहिलो प्राथमिकता: गृहमन्त्री लेखक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १९, २०८१
|
|
३० पटक हेरिएको
Shares
नागरिक सेवा सरकारको पहिलो प्राथमिकता: गृहमन्त्री लेखक

सारांश

  • गृहमन्त्री रमेश लेखकले नागरिक सेवालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।
  • बुधबार महेन्द्रनगर स्थित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको नवनिर्मित भवन उद्घाटन गर्दै उनले प्रहरीको सुविधासम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज हुने विश्वास व्यक्त गरे ।
  • ‘अहिले प्रहरीले समिति स्रोतसाधनमा काम गर्नुपरेको छ’, गृहमन्त्री लेखकले भने, ‘नवनिर्मित भवनले सेवाप्रवाहमा सहज हुनेछ ।

१९ भदौ, महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले नागरिक सेवालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । बुधबार महेन्द्रनगर स्थित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको नवनिर्मित भवन उद्घाटन गर्दै उनले प्रहरीको सुविधासम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज हुने विश्वास व्यक्त गरे । ‘अहिले प्रहरीले समिति स्रोतसाधनमा काम गर्नुपरेको छ’, गृहमन्त्री लेखकले भने, ‘नवनिर्मित भवनले सेवाप्रवाहमा सहज हुनेछ ।’ उनले नेपाल प्रहरीलाई समयानुकुल अनुसन्धानका लागि समेत अब्बल बनाउनुपर्ने धारण व्यक्त गरे । पछिल्लो समय साइवर अपराधहरु बढिरहेकाले प्रहरीले परम्परागत अपराध बाहेक साइबर अपराधमा पनि अनुसन्धान गर्नुपरेको उनको भनाइ छ ।कार्यक्रममा नेपाल प्रहरीका महानिरिक्षक वसन्त कुँवरले नागरिकलाई गुणस्तरीय सेवा दिने उद्देश्यले पूर्वाधार विकासमा जोड दिएको बताए । ‘नेपाल प्रहरीको मुख्य जिम्मेवारी अपराध अनुसन्धान भनेको सहज र सामान्य विषय होइन’, उनले भने, ‘यो प्रहरीको कार्य उपलब्ध पूर्वाधार कानुन र समाजको सहकार्यमा भर पर्दछ ।’ २०७९ मंसिर २९ गते आशिस कन्ट्रक्सनसँग १३ करोड २६ लाख रुपैयाँमा भवन बनाउन ठेक्का सम्झौता भएको भएको थियो ।https://press4k.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा.केसीको उपचार व्यवस्था सुदृढ बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
डा.केसीको उपचार व्यवस्था सुदृढ बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
प्रधानमन्त्री कार्कीले भन्छिन्–अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ
प्रधानमन्त्री कार्कीले भन्छिन्–अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ
विद्यालय शिक्षा विधेयकका सबै बुँदामा सहमति
विद्यालय शिक्षा विधेयकका सबै बुँदामा सहमति
टीकापुरमा साउन १ बाट प्लाष्टिक झोला प्रतिबन्ध
टीकापुरमा साउन १ बाट प्लाष्टिक झोला प्रतिबन्ध
अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी तथा निर्णय डिजिटल स्वीकृति हुने
अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी तथा निर्णय डिजिटल स्वीकृति हुने
प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन सभामुखलाई हस्तान्तरण
प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन सभामुखलाई हस्तान्तरण
सेतो कोटसहित चिकित्सकहरू सडकमा, बिरामीको बिचल्ली
सेतो कोटसहित चिकित्सकहरू सडकमा, बिरामीको बिचल्ली
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित बन्न सकेनः सांसद ढकाल
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित बन्न सकेनः सांसद ढकाल
आगामी आर्थिक वर्ष संसदमा १६६ विधेयक ल्याइने, २०८३\८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
आगामी आर्थिक वर्ष संसदमा १६६ विधेयक ल्याइने, २०८३\८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा ७३ लाख अनियमितता, वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा ७३ लाख अनियमितता, वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा