भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद
सारांश
- पर्सा प्रहरीले वीरगन्जबाट भन्सार छलेर ल्याइएका ११ लाख रुपैयाँभन्दा बढी मूल्यका लत्ताकपडा बरामद गरेको छ।
- जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–१६ इनर्वागाउँबाट ११ लाख २ हजार १४० रुपैयाँ बराबरका लत्ताकपडा बरामद गरिएको हो।
- सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार बढेपछि निगरानीका क्रममा उक्त सामान फेला परेको प्रहरीले जनाएको छ।
३० भदौ, जनकपुरधाम। पर्सा प्रहरीले वीरगन्जबाट भन्सार छलेर ल्याइएका ११ लाख रुपैयाँभन्दा बढी मूल्यका लत्ताकपडा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–१६ इनर्वागाउँबाट ११ लाख २ हजार १४० रुपैयाँ बराबरका लत्ताकपडा बरामद गरिएको हो।
सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार बढेपछि निगरानीका क्रममा उक्त सामान फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार बरामद सामग्री आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया