तोरीमा छरेको विषादीले नौ वटा मृगको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २०, २०८२
|
|
३३ पटक हेरिएको
Shares
तोरीमा छरेको विषादीले नौ वटा मृगको मृ*त्यु

सारांश

  • नवलपुरमा एकैदिन एकै ठाउँमा नौवटा मृग मरेका छन् ।
  • जिल्लाको देवचुली नगरपालिका–१३ मा रहेको मातृभुमी मध्यवर्ती सामुदायिक वनमा नौ वटा मृग मृत फेला परेका हुन्  ।
  • प्रारम्भिक अनुसन्धानबाट किसानले तोरीमा छरेको विषादीका कारण मृग मरेको हुन सक्ने देखिएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो ।

 

२० मंसिर, काठमाडौं ।

नवलपुरमा एकैदिन एकै ठाउँमा नौवटा मृग मरेका छन् । जिल्लाको देवचुली नगरपालिका–१३ मा रहेको मातृभुमी मध्यवर्ती सामुदायिक वनमा नौ वटा मृग मृत फेला परेका हुन्  । प्रारम्भिक अनुसन्धानबाट किसानले तोरीमा छरेको विषादीका कारण मृग मरेको हुन सक्ने देखिएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो ।

सबै मृगको शरीरमा कुनै पनि बाहिरी चोटपटक नदेखिएकाले विषादी छरेको तोरी खाएर मृगहरु मरेको हुन सक्ने उहाँको भनाइ छ । आहारा प्रजातीको मुख्य प्रजाती मानिने मृग एकै पटक ठुलो सङ्ख्यामा मृत फेला परेपछि अनुसन्धान कार्य अगाडि बढाइएको थापाले बताउनुभयो । मृग मर्नुका कारण पत्ता लगाउन पोस्टमार्टम गरिएको छ । चितवनमा विषादीको परीक्षण गर्ने प्रयोगशाला नभएकाले पोष्टमार्टमको नमूना विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको उहाँले जानकारी दिनुभयो । चार पाँच दिनमा रिपोर्ट आएपछि मात्र कुन प्रकारको विषादीको प्रयोगले शरीरको कुन अङ्गमा असर गरेर मृत्यु भएको भन्ने एकिन भन्न सकिने थापाले बताउनुभयो ।

मातृभूमि मध्यवर्ती सामुदायिक वनका सचिव रामकृष्ण अधिकारीले पनि विषादीकै कारण मृग मरेको आशङ्का गरिएको बताउनुभयो । मरेका नौ मृगमध्ये एउटा बच्चा रहेको छ । केही समयअघि रजहरका किसानले काउलीमा अत्याधिक मात्रामा विषादी प्रयोग गरेको पाइएको थियो । बेच्नका लागि बजारमा लगिएको काउली परीक्षण गर्दा ९८ प्रतिशत विषादी भेटिएकाले तोरीमा पनि त्यस्तै भएको हुन सक्ने सचिव अधिकारीको भनाइ छ । भेटेरिनरी तथा कृषि कार्यालयहरुले किसानलाई विषादी प्रयोगसम्बन्धी सचेतना फैलाउन नसकेको उहाँको गुनासो छ । निकुञ्जबाट तार जारी भत्केको स्थानबाट मृग बारीमा प्रवेश गरेका अधिकारीले बताउनुभयो । जहाँबाट गैँडा पनि बारीमा आउने गरेका छ । बाघको डरले मृग गैँडाको साथमा हिड्ने गर्छन् । गैँडासँग हिड्दा मृगले सुरक्षित महसुस गर्ने गरेको सचिव अधिकारीको भनाइ छ । तीन वर्षअघि पनि यही ठाउँमा १५ वडा मृग मरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ