Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

तोरीमा छरेको विषादीले नौ वटा मृगको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २०, २०८२
|
|
४३ पटक हेरिएको
Shares
तोरीमा छरेको विषादीले नौ वटा मृगको मृ*त्यु

सारांश

  • नवलपुरमा एकैदिन एकै ठाउँमा नौवटा मृग मरेका छन् ।
  • जिल्लाको देवचुली नगरपालिका–१३ मा रहेको मातृभुमी मध्यवर्ती सामुदायिक वनमा नौ वटा मृग मृत फेला परेका हुन्  ।
  • प्रारम्भिक अनुसन्धानबाट किसानले तोरीमा छरेको विषादीका कारण मृग मरेको हुन सक्ने देखिएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो ।

 

२० मंसिर, काठमाडौं ।

नवलपुरमा एकैदिन एकै ठाउँमा नौवटा मृग मरेका छन् । जिल्लाको देवचुली नगरपालिका–१३ मा रहेको मातृभुमी मध्यवर्ती सामुदायिक वनमा नौ वटा मृग मृत फेला परेका हुन्  । प्रारम्भिक अनुसन्धानबाट किसानले तोरीमा छरेको विषादीका कारण मृग मरेको हुन सक्ने देखिएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो ।

सबै मृगको शरीरमा कुनै पनि बाहिरी चोटपटक नदेखिएकाले विषादी छरेको तोरी खाएर मृगहरु मरेको हुन सक्ने उहाँको भनाइ छ । आहारा प्रजातीको मुख्य प्रजाती मानिने मृग एकै पटक ठुलो सङ्ख्यामा मृत फेला परेपछि अनुसन्धान कार्य अगाडि बढाइएको थापाले बताउनुभयो । मृग मर्नुका कारण पत्ता लगाउन पोस्टमार्टम गरिएको छ । चितवनमा विषादीको परीक्षण गर्ने प्रयोगशाला नभएकाले पोष्टमार्टमको नमूना विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको उहाँले जानकारी दिनुभयो । चार पाँच दिनमा रिपोर्ट आएपछि मात्र कुन प्रकारको विषादीको प्रयोगले शरीरको कुन अङ्गमा असर गरेर मृत्यु भएको भन्ने एकिन भन्न सकिने थापाले बताउनुभयो ।

मातृभूमि मध्यवर्ती सामुदायिक वनका सचिव रामकृष्ण अधिकारीले पनि विषादीकै कारण मृग मरेको आशङ्का गरिएको बताउनुभयो । मरेका नौ मृगमध्ये एउटा बच्चा रहेको छ । केही समयअघि रजहरका किसानले काउलीमा अत्याधिक मात्रामा विषादी प्रयोग गरेको पाइएको थियो । बेच्नका लागि बजारमा लगिएको काउली परीक्षण गर्दा ९८ प्रतिशत विषादी भेटिएकाले तोरीमा पनि त्यस्तै भएको हुन सक्ने सचिव अधिकारीको भनाइ छ । भेटेरिनरी तथा कृषि कार्यालयहरुले किसानलाई विषादी प्रयोगसम्बन्धी सचेतना फैलाउन नसकेको उहाँको गुनासो छ । निकुञ्जबाट तार जारी भत्केको स्थानबाट मृग बारीमा प्रवेश गरेका अधिकारीले बताउनुभयो । जहाँबाट गैँडा पनि बारीमा आउने गरेका छ । बाघको डरले मृग गैँडाको साथमा हिड्ने गर्छन् । गैँडासँग हिड्दा मृगले सुरक्षित महसुस गर्ने गरेको सचिव अधिकारीको भनाइ छ । तीन वर्षअघि पनि यही ठाउँमा १५ वडा मृग मरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाको फागुनमा हुने महाधिवेशन सर्यो, यस्ता छन् बैठककानिर्णयहरु
रास्वपाको फागुनमा हुने महाधिवेशन सर्यो, यस्ता छन् बैठककानिर्णयहरु
मुलुकको हितले स्थान पाएको दिन हो : प्रधानमन्त्री ओली
मुलुकको हितले स्थान पाएको दिन हो : प्रधानमन्त्री ओली
पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल
पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल
बाजुराको हिमालीका अधिकांश अन्धकार बस्ती आठ महिनापछि पुनः झिलिमिली
बाजुराको हिमालीका अधिकांश अन्धकार बस्ती आठ महिनापछि पुनः झिलिमिली
संविधान शंसोधन नभए संविधान नै बाँच्दैन : रघुजी पन्त
संविधान शंसोधन नभए संविधान नै बाँच्दैन : रघुजी पन्त
सर्लाहीमा बसले किच्दा सशस्त्र प्रहरी इन्सपेक्टरको मृत्यु
सर्लाहीमा बसले किच्दा सशस्त्र प्रहरी इन्सपेक्टरको मृत्यु
‘शून्य बाँकी फाइल अभियान’ चैत ३० देखि वैशाख ७ सम्म सञ्चालन हुने
‘शून्य बाँकी फाइल अभियान’ चैत ३० देखि वैशाख ७ सम्म सञ्चालन हुने
प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफल गर्दै
प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफल गर्दै
बीमापोष्टका समाचार हटाउने अदालतको आदेशप्रति आर्थिक पत्रकार संघको आपत्ति
बीमापोष्टका समाचार हटाउने अदालतको आदेशप्रति आर्थिक पत्रकार संघको आपत्ति
आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची