सार्वजनिक स्थानमा फोहर फाल्नेलाई १५ हजारसम्म जरिवाना

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १७, २०८१
|
|
२१ पटक हेरिएको
Shares
सार्वजनिक स्थानमा फोहर फाल्नेलाई १५ हजारसम्म जरिवाना

सारांश

  • कामपा वातावरण विभागका अनुसार कामपा क्षेत्रका घर कम्पाउन्ड तथा परिसरको फोहरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता कार्य गरे रु पाँच हजारदेखि १५ हजारसम्म कारबाही गर्ने भएको हो ।
  • कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार जथाभावी फोहर फाल्दा दुर्गन्धित हुनुका साथै नागरिकको जनस्वास्थ्यमा समेत गम्भीर असर गर्ने भएकाले पूर्ण रुपमा यस कार्यलाई प्रतिबन्ध गरिएको हो ।
  • यदि कामपाको आग्रहलाई बेवास्ता गरी सार्वजनिक स्थानमा फोहर फालेको कामपाको अनुगमन टोलीले भेटे कामपाको वातावरण  तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ९च० बमोजिम कारबाही हुने पनि कामपाले स्पष्ट पारेको छ ।

१७ फागुन,  काठमाडौं – काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्ने जोकोहीलाई पाँच हजारदेखि १५ हजारसम्म जरिवाना गराउने भएको छ । कामपा वातावरण विभागका अनुसार कामपा क्षेत्रका घर कम्पाउन्ड तथा परिसरको फोहरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता कार्य गरे रु पाँच हजारदेखि १५ हजारसम्म कारबाही गर्ने भएको हो ।

कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार जथाभावी फोहर फाल्दा दुर्गन्धित हुनुका साथै नागरिकको जनस्वास्थ्यमा समेत गम्भीर असर गर्ने भएकाले पूर्ण रुपमा यस कार्यलाई प्रतिबन्ध गरिएको हो । यदि कामपाको आग्रहलाई बेवास्ता गरी सार्वजनिक स्थानमा फोहर फालेको कामपाको अनुगमन टोलीले भेटे कामपाको वातावरण  तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ९च० बमोजिम कारबाही हुने पनि कामपाले स्पष्ट पारेको छ ।

यसैबीच कामपाले फोहर व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउनका लागि ३२ वटै वडामा छवटा क्षेत्र निर्धारण गरी काम गर्ने भएको छ ।  फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउन नयाँ व्यवस्था गर्न लागिएको वातावरण व्यवस्थापन विभागको भनाइ छ । वातावरण विभागको प्रमुख सरिता राईका अनुसार छवटै क्षेत्रमा एक–एक वटा ट्रान्फरस्टेशन तयार गरी उक्त स्थानबाट फोहरको अन्तिम व्यवस्थापनका लागि ‘ल्याण्डफिल साइट’ बञ्चरेडाँडा लगिने छ । त्यसका लागि कामपाले ३२ वटा वडालाई भौगोलिक र जनसङ्ख्याका आधारमा क्षेत्र निर्धारण गरेको हो ।

यसका लागि कामपाले उत्पादकलाई फोहर व्यवस्थापनको जिम्मा लागाउने गरेको छ । प्रमुख राईका अनुसार फोहरमैला व्यवस्थापन ऐन, २०६८ तथा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार फोहर स्रोतमै वर्गीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । हाल वडा नं ५, १०, २४, २५, २६ र २७ मा स्रोतमै फोहर वर्गीकरण भइरहेको छ । अब छिट्टै अन्य वडामा पनि फोहर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने तयारी कामपाको छ । स्रोतमा उत्पादित फोहरमध्ये २० प्रतिशत बञ्चरेडाँडामा लैजाने र बाँकी सेवा प्रदायकमार्फत व्यवस्थापन गरिने छ । हाल काठमाडौँ उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार छ सय मेट्रिक टन फोहर निस्कने गर्छ । साविकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहर उक्त स्थान भरिएपछि विगत साढे दुई वर्षदेखि बञ्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनवलमा कोदालो प्रहार गरी आफ्नै बुबा र छिमेकीको ह*त्या
सुनवलमा कोदालो प्रहार गरी आफ्नै बुबा र छिमेकीको ह*त्या
रवि लामिछानेलाई सुविधाबाट बञ्चित गरिएको छैन, कारागार सार्ने तयारी पनि छ: गृहमन्त्री
रवि लामिछानेलाई सुविधाबाट बञ्चित गरिएको छैन, कारागार सार्ने तयारी पनि छ: गृहमन्त्री
१३ वर्षमा पनि नबनेपछि कमला पुलको ठेक्का तोड्ने तयारी
१३ वर्षमा पनि नबनेपछि कमला पुलको ठेक्का तोड्ने तयारी
पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते, एकजना गम्भीर
पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते, एकजना गम्भीर
ओली र लेखकलाई हिरासतमुक्त गर्न सर्वोच्चको परमादेश
ओली र लेखकलाई हिरासतमुक्त गर्न सर्वोच्चको परमादेश
उडेको दुई मिनेटमै खसेको थियो एयर इण्डियाको विमान
उडेको दुई मिनेटमै खसेको थियो एयर इण्डियाको विमान
सहकारी ठगी प्रकरण : कुमार रम्तेललाई काठमाडौं ल्याइयो, रवि र छविलाई पनि ल्याइने
सहकारी ठगी प्रकरण : कुमार रम्तेललाई काठमाडौं ल्याइयो, रवि र छविलाई पनि ल्याइने
बाराकाेमा बसको ठक्करबाट माेटरसाइकलमा सवार दुई जनाकाे मृ*त्यु
बाराकाेमा बसको ठक्करबाट माेटरसाइकलमा सवार दुई जनाकाे मृ*त्यु
प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छन् कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छन् कार्यसूची
ओलीको आलोचना गर्ने एमाले नेता कार्की निलम्बित
ओलीको आलोचना गर्ने एमाले नेता कार्की निलम्बित