Press 4K
बिहिबार, २१ श्रावण २०८३

सानो घटनामा पनि सडकमा उतारेर सेनालाई सस्तो बनाइयो : मिराज ढुंगाना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण २१, २०८३
|
|
११० पटक हेरिएको
Shares
सानो घटनामा पनि सडकमा उतारेर सेनालाई सस्तो बनाइयो : मिराज ढुंगाना

सारांश

  • जेनजी अभियन्ता मिराज ढुंगानाले देशमा हालै भएको साम्प्रदायिक द्वन्द्व र त्यसक्रममा भएको मानवीय क्षतिबाट सरकारले गम्भीर पाठ सिक्नुपर्ने बताएका छन्।
  •   उनले सामान्य घटनामा समेत अत्यधिक बल प्रयोग र नेपाली सेनाको परिचालन गर्ने प्रवृत्तिले दीर्घकालीन रूपमा सुरक्षा संयन्त्रमाथिको जनविश्वास कमजोर बनाउन सक्ने चेतावनी दिएका छन्।
  • बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुंगानाले देशमा भएको साम्प्रदायिक द्वन्द्व र त्यसक्रममा भएको घटनाले जेनजी आन्दोलनलाई समेत झल्काएको बताए।

 

२१ साउन,  काठमाडौं ।

जेनजी अभियन्ता मिराज ढुंगानाले देशमा हालै भएको साम्प्रदायिक द्वन्द्व र त्यसक्रममा भएको मानवीय क्षतिबाट सरकारले गम्भीर पाठ सिक्नुपर्ने बताएका छन्।  उनले सामान्य घटनामा समेत अत्यधिक बल प्रयोग र नेपाली सेनाको परिचालन गर्ने प्रवृत्तिले दीर्घकालीन रूपमा सुरक्षा संयन्त्रमाथिको जनविश्वास कमजोर बनाउन सक्ने चेतावनी दिएका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुंगानाले देशमा भएको साम्प्रदायिक द्वन्द्व र त्यसक्रममा भएको घटनाले जेनजी आन्दोलनलाई समेत झल्काएको बताए। उनले भने, ‘देशमा जुन साम्प्रदायिक द्वन्द्व भयो, घटना घट्यो, यसले जेनजी आन्दोलनलाई पनि झल्काउँछ ।

भारतमा पनि जेनजी आन्दोलन भयो । त्यत्तिका मानिस बाहिर निस्कँदा पनि एक सय एक हतियार भएको देशमा एक जनाको ज्यान गयो । तर हाम्रो देशमा सानो साम्प्रदायिक झडपमा अन्धाधुन्ध गोली चल्छ र मृत्यु हुन्छ । यसको जिम्मा कसले लिन्छ, प्रधानमन्त्री वा सरकारले जिम्मा लिनुहुन्छ त ? भन्ने प्रतिक्रिया सामाजिक सञ्जालमा आइरहेका छन् । यही घटनामा पनि जेनजीको ज्यान गएको छ । जेनजी आन्दोलन र यो आन्दोलन कसरी फरक भयो त ?’ उनले सुरक्षा व्यवस्थापनका नाममा प्रहरीलाई एसएलआर बोकेर पठाउने र सामान्य घटनामै नेपाली सेनालाई जङ्गी अड्डाबाट परिचालन गर्ने प्रवृत्ति उचित नभएको बताए । उनले वर्तमान सरकारले सेनालाई सस्तो बनाएको आरोप समेत लगाए ।  उनले भने, ‘यत्रो द्वन्द्वबाट आएको सरकारले सिकेको छैन भने सिक्न आग्रह गर्दछु । द्वन्द्व नियन्त्रण गर्न एसएलआर लिएर प्रहरीलाई पठाउने होइन । अझ सस्तो तरिकामा सेनालाई जङ्गी अड्डाबाट बाहिर निकाल्ने होइन । सेनालाई यति सस्तो बनाइयो कि सानो घटनामा पनि जङ्गी अड्डाबाट सेना निस्कन्छ भने सेनाको जुन वर्चस्व आजको दिनसम्म थियो, त्यो भोलि रहँदैन। जुन दिन सेनाप्रतिको विश्वास मानिसबाट हटाइन्छ, त्यसपछिको द्वन्द्व गर्ने मानिसले सेनादेखि डराउँदैनन् । सायद अलिकति दीर्घकालीन सोच राख्ने सरकार भएको भए सेनालाई यति सस्तो पार्ने थिएन ।’ राजनीतिक नेतृत्वबारे टिप्पणी गर्दै ढुंगानाले मधेशका मुद्दा उठाउने नेतामध्ये अमरेश कुमार सिंह मात्रै निरन्तर सक्रिय रहेको दाबी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेन, हर्क र महेशसहित ५ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
बालेन, हर्क र महेशसहित ५ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित
विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित
फेरि सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित, अब आइतबार बस्ने
फेरि सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित, अब आइतबार बस्ने
सत्कार सहकारीका सचिवसहित तीन जना पक्राउ
सत्कार सहकारीका सचिवसहित तीन जना पक्राउ
अध्यक्ष ओली जिम्मा जमानीमा रिहा
अध्यक्ष ओली जिम्मा जमानीमा रिहा
पूर्वइन्जिनियर श्रेष्ठविरुद्ध ५ करोडको भ्रष्टाचार मुद्दा
पूर्वइन्जिनियर श्रेष्ठविरुद्ध ५ करोडको भ्रष्टाचार मुद्दा
पोखरीमा डुबेर पश्चिम नवलपरासीमा दाजुभाइको मृ*त्यु
पोखरीमा डुबेर पश्चिम नवलपरासीमा दाजुभाइको मृ*त्यु
दिल्लीमा बाबुरामले भने- नेपालीको असन्तुष्टि ओली सरकारसँग हो, लोकतन्त्रसँग होइन
दिल्लीमा बाबुरामले भने- नेपालीको असन्तुष्टि ओली सरकारसँग हो, लोकतन्त्रसँग होइन
श्रीलङ्कामा बस दुर्घटना, २१ तीर्थयात्रीको मृत्यु, १४ गम्भीर
श्रीलङ्कामा बस दुर्घटना, २१ तीर्थयात्रीको मृत्यु, १४ गम्भीर

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...