लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा पदपदभार ग्रहण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८३
|
|
३९ पटक हेरिएको
Shares
लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा पदपदभार ग्रहण

सारांश

  • लुम्बिनीको विकास, व्यवस्थापन र संरक्षणलाई प्रभावकारी बनाउने प्रतिबद्धतासहित लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा, सदस्य सचिव सन्तोष पाण्डे कोषाध्यक्ष रमेश शेखर बज्राचार्यले पदभार ग्रहण गरेका छन् ।
  • पदभार ग्रहण गर्दै उपाध्यक्ष आनी छोइङ डोल्मा, सदस्य सचिव सन्तोष पाण्डेले लुम्बिनीको समग्र विकाससँगै सुशासन, पारदर्शिता र पर्यटकमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
  • पदभार ग्रहणपछि उपाध्यक्ष आनी छोइङ डोल्माले आफू पद र प्रतिष्ठाभन्दा पनि सेवा गर्ने उद्देश्यले लुम्बिनी विकास कोषमा आएको बताईन ।

रुपन्देही । लुम्बिनीको विकास, व्यवस्थापन र संरक्षणलाई प्रभावकारी बनाउने प्रतिबद्धतासहित लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा, सदस्य सचिव सन्तोष पाण्डे कोषाध्यक्ष रमेश शेखर बज्राचार्यले पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै उपाध्यक्ष आनी छोइङ डोल्मा, सदस्य सचिव सन्तोष पाण्डेले लुम्बिनीको समग्र विकाससँगै सुशासन, पारदर्शिता र पर्यटकमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पदभार ग्रहणपछि उपाध्यक्ष आनी छोइङ डोल्माले आफू पद र प्रतिष्ठाभन्दा पनि सेवा गर्ने उद्देश्यले लुम्बिनी विकास कोषमा आएको बताईन । लुम्बिनीको विकास, यहाँका बासिन्दा तथा सबै प्राणीको सेवामा आफू समर्पित रहने उनको भनाइ थियो ।

आफ्नो क्षमता र बुद्धिले भ्याएसम्म सहकर्मीहरुसँग मिलेर लुम्बिनीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सबैको सहयोग र सहकार्यबाट मात्रै अपेक्षित उपलब्धि हासिल गर्न सकिने बताईन । विकास कोषमा पहिलोपटक चार जना भिक्षु सदस्यका रुपमा रहनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै उनले सामूहिक सहकार्यबाट अघि बढ्ने धारणा राखिन ।

त्यस्तै, नवनियुक्त सदस्य सचिव सन्तोष पाण्डेले कोषको पहिलो प्राथमिकता सुशासन, भ्रष्टाचाररहित प्रशासन र सबै काममा पारदर्शिता कायम गर्नु रहेको बताए । दान, भेटी तथा सहयोगस्वरुप प्राप्त हुने रकमको पारदर्शी व्यवस्थापन गरिने उनले स्पष्ट पारे ।

लुम्बिनीमा ठोस फोहोरमैला व्यवस्थापनको समस्या समाधान गर्दै पर्यटकले शान्ति र आध्यात्मिकताको अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्ने आफ्नो लक्ष्य रहेको पाण्डेले बताए । लुम्बिनीको पुरानो गुरुयोजना (मास्टर प्लान) लाई सम्पदा क्षेत्रको आवश्यकताअनुसार स्तरोन्नति गर्ने तथा अधुरा र बाँकी रहेका कामलाई तीव्रता दिएर सम्पन्न गर्ने उनको प्रतिबद्धता थियो ।

यसैबीच, नवनियुक्त पदाधिकारीहरुको पदबहालीका क्रममा लुम्बिनी विकास कोष परिसरबाहिर कडा सुरक्षा व्यवस्था मिलाइएको थियो । पदबहाली कार्यक्रम भइरहँदा परिसरको बाहिरी क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?