देशभरका १५ मुख्य राजमार्ग अवरुद्ध, पाँच वटा एकतर्फी सञ्चालन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण २२, २०८१
|
|
३१ पटक हेरिएको
Shares
देशभरका १५ मुख्य राजमार्ग अवरुद्ध, पाँच वटा एकतर्फी सञ्चालन

सारांश

  • १५ मध्ये पाँच वटा एकतर्फी रूपमा चल्न थालेको छ भने बाँकी १० वटा पूर्ण रुपमा अवरुद्ध भएको नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
  • कार्यालयका अुनसार कोशी प्रदेशको संखुवासभामा बाढी आउँदा उत्तर दक्षिण कोशी राजमार्ग र सुनसरीमा पहिरोका कारणचतरा-बराह क्षेत्र भित्री सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
  • मधेश प्रदेशको महोत्तरीको बर्दिबास नगरपालिका-५ माईस्थानमा बाढीका कारण पूर्वपश्चिम लाकेमार्ग अवरुद्ध भएर एकतर्फी रुपमा सुचारु भएको छ।

२२ साउन, काठमाडौं : रातिदेखि परेको वर्षाका कारण देशभरको १५ राजमार्ग अवरुद्ध भएको छ।

१५ मध्ये पाँच वटा एकतर्फी रूपमा चल्न थालेको छ भने बाँकी १० वटा पूर्ण रुपमा अवरुद्ध भएको नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले जनाएको छ। कार्यालयका अुनसार कोशी प्रदेशको संखुवासभामा बाढी आउँदा उत्तर दक्षिण कोशी राजमार्ग र सुनसरीमा पहिरोका कारणचतरा-बराह क्षेत्र भित्री सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मधेश प्रदेशको महोत्तरीको बर्दिबास नगरपालिका-५ माईस्थानमा बाढीका कारण पूर्वपश्चिम लाकेमार्ग अवरुद्ध भएर एकतर्फी रुपमा सुचारु भएको छ।

बागमती प्रदेशको दोलखामा बाढीका कारण कालिन्चोक गाउँपालिका-४ झामार्सीस्थित चरिकोट सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ। यस्तै मकवानपुरमा पहिरोका कारण कान्ति लोकपथ सडक खण्डको भिमफेदी गाउँपालिका-८ कालोपहिरो र महादेवटारमा सडक अवरुद्ध छ। त्यस बाटोलाई एकतर्फी रुपमा सञ्चालन गरिएको छ। उता सिन्धुपाल्चोकमा बाढीका कारण बलेफी गाउँपालिका-८ जुरेमा अरनिको राजमार्ग र मेलम्ची नगरपालिका-११ धितालबेशीमा मेलम्ची-जिरो किलो सडक अवरुद्ध भएकोमा एकर्फी सञ्चालन आएको छ।

गण्डकी प्रदेशको म्याग्दीको बेनी नगरपालिका-३ घुमाउने भिर, रघुगंगा गाउँपालिका-२ उपल्लो बैशरी र सोही गाउँपालिकाको वडा नम्बर १ मा रहेको बेगखोलाम गरी तीन ठाउँमा पहिरो गएको छ। जसकारण बेनी जोमसोम सडक खण्ड र बेनी दरवाङ सडक खण्ड पूर्ण अवरुद्ध भएको छ। बागलुङको बागलुङ नगरपालिका-१० डव्ल्याङमा पहिरो जाँदा कालीगण्डी करिडोरको सडक पूर्ण रुपमा अवरुद्ध भएको छ।लुम्बिनीको प्यूठानस्थित नौबहिनी गाउँपालिका-१, हाम्पालमा पहिरोका कारण स्याउलीवाबाग्दुला सडक खण्ड अवरुद्ध भएको छ भने दाङको घोराही उपमहानगरपालिक-१६ सेवार खोलामा बाढी आउँदा घोराही तुलसीपुर सडक खण्ड पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन।यस्तै कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठ बिसकोट नगरपालिका-११ खरखरेमा पहिरो जाँदा भेरी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
दुर्गा प्रसाईँले १६ करोड उधारो नतिरेको भन्दै पाँच वटा मुद्धा दायर
दुर्गा प्रसाईँले १६ करोड उधारो नतिरेको भन्दै पाँच वटा मुद्धा दायर
दक्षिणी चीनमा ‘तुफान माट्मो’ को प्रभावः २ लाख ७१ हजारभन्दा बढी मानिसको स्थानान्तरण
दक्षिणी चीनमा ‘तुफान माट्मो’ को प्रभावः २ लाख ७१ हजारभन्दा बढी मानिसको स्थानान्तरण
काठमाडौं–३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ
काठमाडौं–३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ
मोरङमा ५३८ किलो गाँजा बरामद
मोरङमा ५३८ किलो गाँजा बरामद
नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने
नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्नु चिन्ताजनक : मन्त्री सिंह
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्नु चिन्ताजनक : मन्त्री सिंह
यसलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो, चिन्तित हुने कुरा छैन : प्रचण्ड
यसलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो, चिन्तित हुने कुरा छैन : प्रचण्ड
उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध ३ करोड २९ लाख भ्रष्टाचार मुद्दा
उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध ३ करोड २९ लाख भ्रष्टाचार मुद्दा
राजनीतिक दलका घोषणापत्रमा खानेपानी तथा सरसफाइ एजेन्डा प्राथमिकतामा राख्न ‘फेडवासन’ को आग्रह
राजनीतिक दलका घोषणापत्रमा खानेपानी तथा सरसफाइ एजेन्डा प्राथमिकतामा राख्न ‘फेडवासन’ को आग्रह