प्रधानमन्त्रीले कां‌ग्रेसलाई बोलाए छलफलमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ३०, २०८१
|
|
२८ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले कां‌ग्रेसलाई बोलाए छलफलमा

सारांश

  •  प्रधानमन्त्री प्रचण्डले संसदको गतिरोध अन्त्य गर्न नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् ।
  • जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने तर, नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएकाले सहमतिका लागि प्रधानमन्त्रीले आज ९ बजे छलफलमा बोलाएका हुन् ।
  • नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ भने सत्तारुढ दल त्यसमा सकारात्मक छैनन् ।

 

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले संसदको गतिरोध अन्त्य गर्न नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् ।

जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने तर, नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएकाले सहमतिका लागि प्रधानमन्त्रीले आज ९ बजे छलफलमा बोलाएका हुन् । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ भने सत्तारुढ दल त्यसमा सकारात्मक छैनन् । शुक्रबारदेखि सुरु भएको बजेट अधिवेशनमा पनि गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउनु पर्ने अडान राखेर नाराबाजी गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?