भारतबाट बिजुली ल्याउने सम्झौता तीन महिनाका लागि मात्रै नवीकरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १५, २०८०
|
|
८१ पटक हेरिएको
Shares
भारतबाट बिजुली ल्याउने सम्झौता तीन महिनाका लागि मात्रै नवीकरण

सारांश

  • नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण भएको छ ।
  • एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको हो ।
  • सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत् आयात गर्न पाइने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।

१५ चैत, काठमाडौं । नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण भएको छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको हो ।

सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत् आयात गर्न पाइने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए । त्यसमध्ये ५ सय मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन र ५४ मेगावाट टनकपुरबाट आयात गरिने जानकारी उनले दिए । अहिले नेपालले भारतबाट ६ सय ५० मेगावाट विद्युत् आयात गर्न पाउने व्यवस्था छ ।

एक वर्षका लागि हुनुपर्ने सम्झौता तीन महिनाका लागिमात्र नवीकरण गरेको भारतले विद्युत् परिमाण पनि घटाएको छ । असारपछि नेपालसँग पर्याप्त विद्युत् हुने र निर्यात समेत सुरु हुने भएकाले यो सिजनलाई आपूर्तिमा समस्या नहुने ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले बताए । भारतबाट ५५४ मेगावाट विद्युत् आयात गर्दा पनि नेपालको माग धान्न सकिने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
दाउरा टिप्न गएकी नौ वर्षीया बालिकाको चितुवाको आक्रमणबाट मृ*त्यु
दाउरा टिप्न गएकी नौ वर्षीया बालिकाको चितुवाको आक्रमणबाट मृ*त्यु
कुलमानको एक्सन: अनियमिततामा मुछिएका इटहरीका सवारी परीक्षण प्रमुख र लेखापाल मन्त्रालय तानिए
कुलमानको एक्सन: अनियमिततामा मुछिएका इटहरीका सवारी परीक्षण प्रमुख र लेखापाल मन्त्रालय तानिए
सुनको मूल्य तोलामा चार सयले वृद्धि
सुनको मूल्य तोलामा चार सयले वृद्धि
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन
रास्वपा केन्द्रिय समितिको बैठक बस्दैँ
रास्वपा केन्द्रिय समितिको बैठक बस्दैँ
न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद
न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद
टिपरको ठक्करबाट २ युवाको मृत्यु भएपछि दाङमा प्रदर्शन, गाउँपालिका उपाध्यक्षसहित पक्राउ
टिपरको ठक्करबाट २ युवाको मृत्यु भएपछि दाङमा प्रदर्शन, गाउँपालिका उपाध्यक्षसहित पक्राउ
व्यवसायमा देखिएका कानुनी अवरोधहरू हटाउँछौं : मन्त्री सिन्हा
व्यवसायमा देखिएका कानुनी अवरोधहरू हटाउँछौं : मन्त्री सिन्हा
प्रकृति संरक्षणमै एमालेको पहिलो प्रतिबद्धता रहेको ओलीको दाबी
प्रकृति संरक्षणमै एमालेको पहिलो प्रतिबद्धता रहेको ओलीको दाबी