मंसिर लागेयता २४ हजार ६ सय घट्यो सुनको भाउ, आज कति ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ७, २०८३
|
|
३७ पटक हेरिएको
Shares
मंसिर लागेयता २४ हजार ६ सय घट्यो सुनको भाउ, आज कति ?

सारांश

  • नेपाली बजारमा आइतबार पनि सुनचाँदीको भाउ घटेको छ ।
  • ने  पाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँ घटेको हो ।
  • आज सुन तोलामा २ लाख ४२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

 

६ मंसिर, काठमाडौं ।

नेपाली बजारमा आइतबार पनि सुनचाँदीको भाउ घटेको छ ।ने  पाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँ घटेको हो । आज सुन तोलामा २ लाख ४२ हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार भने सुन प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी आइतबार चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला ३ हजार १ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंसिर लागेयता हालसम्म सुन तोलामा २४ हजार ६ सय रुपैयाँ घटिसकेको छ । मंसिर १ मा तोलाको २ लाख ६७ हजार २ सय थियो । आज २ लाख ४२ हजार ६ सय रुपैयाँ कायम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ