मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ लिँदै
सारांश
- मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनियताको शपथ लिँदैछन् ।
- प्रदेश प्रमुख कार्यालयका अनुसार मुख्यमन्त्री यादवले आइतबार बिहान १० बजे पद तथा गोपनियताको शपथ लिने भएका हुन् ।
- यादव शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
६ मंसिर, काठमाडौं ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । प्रदेश प्रमुख कार्यालयका अनुसार मुख्यमन्त्री यादवले आइतबार बिहान १० बजे पद तथा गोपनियताको शपथ लिने भएका हुन् ।

यादव शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा जनता समाजवादी (जसपा) नेपाल संसदीय दलका नेता रहेका यादवलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री नियुक्त गरेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया