जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
२३ पटक हेरिएको
Shares
जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर

सारांश

  •   ललितपुर महानगरपालिका–१४ स्थित चक्रपथ वरपर वैजनी रङको जाकाराण्डा फूल ढपक्क फुलेको छ ।
  • वसन्त ऋतुमा फूल्ने यस फूलले यहाँको शोभा बढाएको छ ।
  • अचेल दिनहुँजसो फूल र चक्रपथलाई पृष्ठभूमिमा राखेर तस्बिर र भिडियो खिच्ने युवायुवतीको उपस्थिति झनै हेर्न लायक हुन्छ ।

२६ वैशाख, ललितपुर । 

ललितपुर महानगरपालिका–१४ स्थित चक्रपथ वरपर वैजनी रङको जाकाराण्डा फूल ढपक्क फुलेको छ । वसन्त ऋतुमा फूल्ने यस फूलले यहाँको शोभा बढाएको छ । अचेल दिनहुँजसो फूल र चक्रपथलाई पृष्ठभूमिमा राखेर तस्बिर र भिडियो खिच्ने युवायुवतीको उपस्थिति झनै हेर्न लायक हुन्छ । चक्रपथ वरपर ढपक्क फूल फूलेपछि तस्बिर खिच्नलाई भीडभाड हुने गरेको ललितपुर महानगरपालिका–१४ का वडाध्यक्ष अमृत महत बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हरेक वर्ष यसयाममा फूलको मौसम आउँछ । यसमा युवायुवतीहरू रमाइरहेको देख्दा खुसी लाग्छ ।”

एकै रङमा फूल्ने जाकाराण्डाको इतिहास राणाकालीन समय देखिएको छ । चक्रपथमा रहेका केही रुख बुढा भइसकेका छन् भने केही भर्खर फुल्न सुरु गरेका छन् । चक्रपथलाई शोभनीय बनाउने यस फूललाई ललितपुर महानगरपालिकाले संरक्षण गर्दै आएको छ । यससँगै अन्य प्रजातिका फूलहरूलाई हुर्काउनका लागि महानगरपालिकाले पानी हाल्ने र गोडमेल गर्ने गरेको छ । आउने दिनमा चक्रपथको सुन्दरता बढाउन जाकाराण्डा फूलको संरक्षणसँगै अन्य प्रजातिका फूल रोप्ने तयारी रहेको अध्यक्ष महतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जाकाराण्डा फूललाई पृष्ठभूमिमा पारेर तस्बिर र भिडियो खिच्नेको सङ्ख्या बढ्दो छ । दिउँसोको चर्को गर्मीमा पनि यात्रीहरू रुखको छहारीमा बसेर रमाइरहेका हुन्छन् । हामी यसलाई अझै व्यवस्थित गर्छौं ।” बिहान र बेलुकीको समयमा युवायुवतीहरूको बढी चहलपहल हुन्छ । चापागाउँदोबाटो, महालक्ष्मीस्थान, थसीखेल चोक वरपर बढी भीडभाड हुने गरेको छ । वसन्तऋतुमा एकै रङमा ढपक्क फूलेको जाकारण्डा फूल देखेपछि मन प्रफुल्ल हुने गरेको फूलको दृष्य अवलोकन गर्न आएका निर्मल लामा बताउनुहुन्छ । ललितपुरको महालक्ष्मीस्थान चोक वरपर मात्र नभएर काठमाडौँ उपत्यकाको रिङरोडभरि यस्तै फूल भएमा काठमाडौँ झन् सुन्दर देखिने उहाँको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
क्यानडामा मानिसको भीडमा कार जोतिँदा ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो
क्यानडामा मानिसको भीडमा कार जोतिँदा ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो
६ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए
६ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बस्ने
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बस्ने
इजरायल घटना: ३ नेपाली घाइते १२ सम्पर्कबिहीन,
इजरायल घटना: ३ नेपाली घाइते १२ सम्पर्कबिहीन,
दाङमा ट्याक्टर पल्टिँदा २ जनाको मृ*त्यु
दाङमा ट्याक्टर पल्टिँदा २ जनाको मृ*त्यु
युवराज र बसिरको घातक बलिङमा आसाममाथि नेपाल ‘ए’ को प्रभावशाली जित
युवराज र बसिरको घातक बलिङमा आसाममाथि नेपाल ‘ए’ को प्रभावशाली जित
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता
आज यी चार प्रदेशमा भारी वर्षा हुने सम्भावना
आज यी चार प्रदेशमा भारी वर्षा हुने सम्भावना
प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची
प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची