युवराज र बसिरको घातक बलिङमा आसाममाथि नेपाल ‘ए’ को प्रभावशाली जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १३, २०८२
|
|
५६ पटक हेरिएको
Shares
युवराज र बसिरको घातक बलिङमा आसाममाथि नेपाल ‘ए’ को प्रभावशाली जित

सारांश

  • स्पीनरद्वय युवराज खत्री र बसिर अहमदको घातक बलिङ मद्दतमा भारतको गुवाहाटीमा जारी टी-२० सिरिजको दोस्रो खेलमा नेपाल ए ले आसाममाथि फराकिलो अन्तरको जित निकालेको छ ।
  • नेपालले आसामलाई ९६ रनले पराजित गरेको हो ।
  • नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको आसाम १५.

१३ भदौ, काठमाडौं ।

स्पीनरद्वय युवराज खत्री र बसिर अहमदको घातक बलिङ मद्दतमा भारतको गुवाहाटीमा जारी टी-२० सिरिजको दोस्रो खेलमा नेपाल ए ले आसाममाथि फराकिलो अन्तरको जित निकालेको छ । नेपालले आसामलाई ९६ रनले पराजित गरेको हो । नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको आसाम १५.२ ओभरमा ७७ रनमा अलआउट भयो । आसामका रुहिनन्दन पेगुले सर्वाधिक १७ रन बनाए। सिबशंकर रोयले १६ रन बनाए ।

नेपालका लागि लेगब्रेक बलर युवराज खत्रीले ३.२ ओभरमा १५ रन दिएर ४ विकेट लिए । बाँयाहाते स्पीनर बसिर अहमदले ३ विकेट लिए । कमलसिंह ऐरी, आकाश चन्द र विवेक यादवले १-१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाएर १७३ रन बनाउँदै आसामलाई १७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपाल ए का लागि सन्दीप जोराले सर्वाधिक ३५ रन बनाए ।

देव खनाल र पवन सर्राफले समान ३१ रन बनाए । बसिर अहमदले २७ रन तथा विवेक यादव २६ रनमा अविजित रहे । आसामका आकाश सेनगुप्ताले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिए । अभिनव चौधरीले २ तथा आयुष्मान मलाकार र अभिलाष गोगोइले १-१ विकेट लिए । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल ‘ए’ डीएल पद्धति अनुसार १५ रनले पराजित भएको थियो । नेपाल ए ले आसामसँग कुल ५ खेल खेल्नेछ । यसपछिका ३ खेलहरू एसीए रंगशालामा डे/नाइट रूपमा फ्लडलाइटमा खेलिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यार्सा टिप्न गएका २ जनाको मृत्यु, १ जना सिकिस्त
यार्सा टिप्न गएका २ जनाको मृत्यु, १ जना सिकिस्त
सिंहदरबारमा सर्वदलीय बैठक जारी
सिंहदरबारमा सर्वदलीय बैठक जारी
हिन्दु सम्राट सेना द्वारा आयोजित मा.वि. स्तरिय हाजिरी जवाफ प्रतियोगिता रामनगरमा सम्पन्न
हिन्दु सम्राट सेना द्वारा आयोजित मा.वि. स्तरिय हाजिरी जवाफ प्रतियोगिता रामनगरमा सम्पन्न
निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री
निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री
सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न गृहमन्त्रीको निर्देशन
सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न गृहमन्त्रीको निर्देशन
किसानलाई रोपाइँको चिन्ता : सरकारले मल दिएन, मौसमले साथ
किसानलाई रोपाइँको चिन्ता : सरकारले मल दिएन, मौसमले साथ
छुट्टै राज्यको माग गर्दै भारतको लद्दाखमा चर्कियो प्रदर्शन, भाजपाको कार्यालयमा आगजनी
छुट्टै राज्यको माग गर्दै भारतको लद्दाखमा चर्कियो प्रदर्शन, भाजपाको कार्यालयमा आगजनी
एक महिनाका लागि माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा
एक महिनाका लागि माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा
चन्द्र भण्डारी र सुनील शर्मा भन्छन् : पार्टी विभाजन हुन दिंदैनौं
चन्द्र भण्डारी र सुनील शर्मा भन्छन् : पार्टी विभाजन हुन दिंदैनौं
सबै स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौंः प्रधानमन्त्री ओली
सबै स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौंः प्रधानमन्त्री ओली