एनपीएल स्टार टीभीबाट पनि प्रसारण हुने, युट्युबमा हेर्न नपाइने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २६, २०८२
|
|
४२ पटक हेरिएको
Shares
एनपीएल स्टार टीभीबाट पनि प्रसारण हुने, युट्युबमा हेर्न नपाइने

सारांश

  • यसपटकको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट भारतीय टीभी स्टार र नेपाली दुवै टीभीबाट प्रसारण हुने भएको छ ।
  • नेपाल क्रिकेट संघ क्यान स्रोतका अनुसार भारतीय स्टार टेलिभिजनले पनि खेल प्रसारण गर्ने हिजोमात्र टुंगो लागेको छ ।
  • क्यानले नेपालभित्र एक्सक्लुसिभ अधिकार हुने नेपाली टेलिभिजनहरुबाट प्रसारण अधिकारका लागि टेण्डर आह्वान गरेको भए पनि अब नेपाली टीभीले एक्सक्लुसिभ अधिकार नपाउने भएका हुन् ।

२६ कात्तिक, काठमाडौं ।

यसपटकको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट भारतीय टीभी स्टार र नेपाली दुवै टीभीबाट प्रसारण हुने भएको छ । नेपाल क्रिकेट संघ क्यान स्रोतका अनुसार भारतीय स्टार टेलिभिजनले पनि खेल प्रसारण गर्ने हिजोमात्र टुंगो लागेको छ । क्यानले नेपालभित्र एक्सक्लुसिभ अधिकार हुने नेपाली टेलिभिजनहरुबाट प्रसारण अधिकारका लागि टेण्डर आह्वान गरेको भए पनि अब नेपाली टीभीले एक्सक्लुसिभ अधिकार नपाउने भएका हुन् । टेण्डर दाखिल गर्ने अन्तिम दिन आज भए पनि त्यसको एक दिन अगाडिमात्रै क्यानले उक्त अधिकार एक्स्क्लुसिभ नहुने टुंगो गरेको छ ।

युट्युबमा हेर्न नपाइने, एपमा हेर्न पैसा तिर्नुपर्ने यसैगरी क्यानले मोबाइल एपबाट पनि एनपीएलका सबै खेलहरु हेर्न पाइनेगरी प्रसारण अधिकार बिक्री गर्न लागेको छ । ती एपमा दर्शकले पैसा तिरेरमात्र खेल हेर्न पाउने छन् । क्यानले गत वर्ष नेपालभित्र युट्युबबाट पनि खेल प्रसारण गरेको थियो । तर, यस वर्ष भने युट्युबमा दर्शकले खेल हेर्न पाउने छैनन् । टीभीको पहुँचमा नहुने देशभित्रका दर्शक र विदेशमा रहेका दर्शकले मोबाइल एपबाटै खेल हेर्नुपर्ने छ ।

क्यानबाट औपचारिक प्रतिक्रिया आउन बाँकी यो समाचार तयार पार्दासम्म क्यानका पदाधिकारीहरुले भने औपचारिक प्रतिक्रिया दिएका छैनन् । तर क्यानले बोलपत्रदाताहरुलाई भने इमेल पठाएर त्यसको जानकारी दिइसकेको छ । क्यानका एक पदाधिकारीले भने, ‘यस सम्बन्धी प्राविधिक प्रक्रिया पूरा भएपछि मात्रै औपचारिक जानकारी दिइने छ । प्रक्रिया पूरा हुन अझै केही घण्टा छ । आजै साँझ वा भोलि बिहानसम्म कुर्नुस् न ।’ एनपीएल आगामी मंसिर १ गतेदेखि सुरु भएर २७ गते समापन गर्ने तालिका छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति
ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति
फेसबुकसहित २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न दूरसञ्‍चार प्राधिकरणको निर्देशन
फेसबुकसहित २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न दूरसञ्‍चार प्राधिकरणको निर्देशन
गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच शिष्टाचार भेट
गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच शिष्टाचार भेट
गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई धम्की दिएपछि ग्रामथानमा फेरि विवाद
गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई धम्की दिएपछि ग्रामथानमा फेरि विवाद
कांग्रेसको बन्दसत्र अपराह्न चार बजे
कांग्रेसको बन्दसत्र अपराह्न चार बजे
ढुंगा झरेर अरूण तेस्रोमा कार्यरत मजदुरको मृत्यु
ढुंगा झरेर अरूण तेस्रोमा कार्यरत मजदुरको मृत्यु
चितवनमा रास्वपाको विस्तारित बैठक जारी, इतिहास निर्माण गर्ने दाबी
चितवनमा रास्वपाको विस्तारित बैठक जारी, इतिहास निर्माण गर्ने दाबी
विमानमा सर्प तस्करी : दर्जनौं विषालु भाइपरसहित भारतीय पक्राउ
विमानमा सर्प तस्करी : दर्जनौं विषालु भाइपरसहित भारतीय पक्राउ
जेन–जीको प्रदर्शन: पोखरामा पनि अनिश्चितकालीन निषेधाज्ञा
जेन–जीको प्रदर्शन: पोखरामा पनि अनिश्चितकालीन निषेधाज्ञा
अब प्रहरीले आरोपीको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने
अब प्रहरीले आरोपीको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने