सहीद परिवारले भोली मुख्यमन्त्री कार्यालय घेराउ गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ २५, २०८३
|
|
२४७ पटक हेरिएको
Shares
सहीद परिवारले भोली मुख्यमन्त्री कार्यालय घेराउ गर्ने

सारांश

  • प्रदेश सरकारले आफूहरूलाई उपलब्ध गराउनुपर्ने सेवा–सुविधाबाट वञ्चित गरेको आरोप लगाउँदै उनीहरूले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गर्ने बताएका छन्।
  • सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै सहीद परिवारका सदस्यहरूले मुख्यमन्त्री कृष्ण यादव र गृहमन्त्री फकिरा महतोले आफूहरूका मागप्रति बेवास्ता गरेको आरोप लगाए।
  • उनीहरूले आफ्ना माग सम्बोधन नभएसम्म अनिश्चितकालीन आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

जनकपुरधाम — मधेश आन्दोलनका सहीद परिवारका सदस्यहरूले प्रदेश सरकारविरुद्ध पुनः आन्दोलनको घोषणा गरेका छन्। प्रदेश सरकारले आफूहरूलाई उपलब्ध गराउनुपर्ने सेवा–सुविधाबाट वञ्चित गरेको आरोप लगाउँदै उनीहरूले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गर्ने बताएका छन्।

सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै सहीद परिवारका सदस्यहरूले मुख्यमन्त्री कृष्ण यादव र गृहमन्त्री फकिरा महतोले आफूहरूका मागप्रति बेवास्ता गरेको आरोप लगाए। उनीहरूले आफ्ना माग सम्बोधन नभएसम्म अनिश्चितकालीन आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

मधेशी सहीद प्रतिष्ठानका सदस्य तथा सहीद चन्दन पटेलका पिता अवदेश पटेलले गत आर्थिक वर्षमा प्रदेश सरकारको लापरबाहीका कारण प्रतिष्ठानका लागि छुट्याइएको बजेट खर्च हुन नसकी फ्रिज भएको बताए। उनका अनुसार यस वर्ष पनि सोही अवस्था दोहोरिने संकेत देखिएको छ।

पटेलले प्रतिष्ठानको बजेट कार्यान्वयन हुन नसक्नुमा प्रदेश सरकारको नेतृत्व जिम्मेवार रहेको आरोप लगाए। उनले संघीयता स्थापनापछि मधेश प्रदेश सरकारले घोषणा गरेको ‘एक सहीद, एक रोजगार’ कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन गर्न माग गरे। “हरेक सहीद परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गरिनुपर्छ,” उनले भने।

सहीद परिवारका सदस्यहरूले शिक्षा र स्वास्थ्यको सुनिश्चितता गर्नुपर्ने मागसमेत अघि सारेका छन्। उनीहरूले सहीद परिवारका लागि कानुनी व्यवस्था गर्न प्रदेश सरकारले दुई वर्षदेखि ल्याउने भनिएको ऐन हालसम्म प्रदेश सभामा दर्तासमेत नगरेको भन्दै असन्तुष्टि जनाए। उक्त ऐन तत्काल प्रदेश सभामा पेश गर्नुपर्ने उनीहरूको माग छ।

आन्दोलनका कार्यक्रमअन्तर्गत मंगलबार मुख्यमन्त्री कार्यालय घेराउ गर्ने र बुधबारदेखि भोक हडतालमा बस्ने तयारी रहेको पटेलले जानकारी दिए। माग पूरा नभएसम्म विभिन्न चरणका आन्दोलनका कार्यक्रम जारी रहने उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

८० वर्षीय हजुरबुवाको हत्या, नाति-नातिनी पक्राउ
८० वर्षीय हजुरबुवाको हत्या, नाति-नातिनी पक्राउ
‘दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्छौँ’: चिकित्सकहरूको चेतावनी
‘दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्छौँ’: चिकित्सकहरूको चेतावनी
काठमाडौँका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने
काठमाडौँका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने
जगमानले पाए राजावादी आन्दोलनको जिम्मा
जगमानले पाए राजावादी आन्दोलनको जिम्मा
१४ सदस्यीय बन्यो विस्तारित मन्त्रिपरिषद्, प्रधानमन्त्रीसँग अझै ३ वटा मन्त्रालय
१४ सदस्यीय बन्यो विस्तारित मन्त्रिपरिषद्, प्रधानमन्त्रीसँग अझै ३ वटा मन्त्रालय
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
स्वास्थ्यको समान पहुँच पुर्‍याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बीमा
स्वास्थ्यको समान पहुँच पुर्‍याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बीमा
मुग्लिन-नारायणगढ सडक खण्डको गाइघाटमा टिप्पर दुर्घटना, चालक गम्भीर घाइते
मुग्लिन-नारायणगढ सडक खण्डको गाइघाटमा टिप्पर दुर्घटना, चालक गम्भीर घाइते
नेताहरूले देशै बेच्न लागे भए पनि महानगर एक्लै नेपाल भनेर उभिनेछः बालेन
नेताहरूले देशै बेच्न लागे भए पनि महानगर एक्लै नेपाल भनेर उभिनेछः बालेन
हङकङमा हुने चारदेशीय टी-२०आई प्रतियोगिताका लागि अन्तिम टोली घोषणा
हङकङमा हुने चारदेशीय टी-२०आई प्रतियोगिताका लागि अन्तिम टोली घोषणा