मोरङका सीडीओ सटरमा, दाताको सहयोगमा बन्दैछ कार्यालय

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १०, २०८२
|
|
३३ पटक हेरिएको
Shares
मोरङका सीडीओ सटरमा, दाताको सहयोगमा बन्दैछ कार्यालय

सारांश

  • २४ भदौको जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गर्दा ध्वस्त भएको जिल्ला प्रशासन कार्यालय मोरङको भवन मर्मत भइरहेको छ ।
  • कार्यालय सञ्चालनका सामग्री जुटाउने काम पनि जारी छ ।
  • प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवका अनुसार कार्यालय मर्मत र सामग्री जुटाउन राज्यकोषको बजेट खर्च भएको छैन, कार्यालयसँग बजेट पनि छैन ।

१० असोज, विराटनगर ।

२४ भदौको जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गर्दा ध्वस्त भएको जिल्ला प्रशासन कार्यालय मोरङको भवन मर्मत भइरहेको छ । कार्यालय सञ्चालनका सामग्री जुटाउने काम पनि जारी छ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवका अनुसार कार्यालय मर्मत र सामग्री जुटाउन राज्यकोषको बजेट खर्च भएको छैन, कार्यालयसँग बजेट पनि छैन । विभिन्न संघसंस्थाले सहयोग गरिरहेका छन् । कार्यालयमा आगजनी भएका कारण सीडीओ यादव कार्यालय परिसरमै रहेको सटरमा कार्यकक्ष बनाएर बसेका छन् । उनका अनुसार आगजनी र लुटपाटबाट जिल्ला प्रशासन कार्यालयका केही सामग्री बाँकी छैन । ‘कार्यालयमा केही सामग्री छैन, लुटपाट र आगजनी भयो,’ उनले भने, ‘लुटिएकोमध्ये एउटा प्रिन्टर फिर्ता आएको छ ।’

कार्यालय सञ्चालनका लागि विभिन्न संघसंस्थाले कम्युटर, प्रिन्टर, टेबल, कुर्सीलगायत संरचना जुटाइदिएका छन् । बिहीबार जीवन विकास लघुवित्त वित्तीय संस्थाले तीन वटा कलर प्रिन्टर सहयोग गरेको छ । जीवन विकासका नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीले प्रमुख जिल्ला अधिकारी यादवलाई प्रिन्टर हस्तान्तरण गरे । यसअघि नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशले १० वटा कम्युटर सहयोग गरेको थियो । निर्माण व्यावसायी संघले कार्यालय मर्मत गर्दैछ । राष्ट्रिय परिचयपत्र वितरणका लागि छुट्टै टहरा पनि संघले निर्माण गर्दैछ । इँटा व्यावसायी संघले २१ वटा टेबुल-कुर्सी सहयोग गरेको छ । यसैगरी सुनौलो पूर्व नेपाल यातायात व्यावसायी संघले पंखा, मदिरा व्यावसायी संघले कुर्सी सहयोग गरेको छ । रङरोगनका लागि एसियन पेन्टसले रङ दिएको छ । रङरोगनको लागत उद्योग वाणिज्य महासंघले ब्यहोर्ने बताएको छ । कार्यालयको नेटवर्किङ कम्युटर एसोसिएसनले गर्दैछ । अन्य संघसंस्थाले पनि सहयोग गरेका छन् । थप सहयोगको आश्वासन पनि आएको छ । कार्यालयका लागि आवश्यक सामग्री संघसंस्थाको जुटाउने काम भइरहको यादवले बताए । तत्काल सेवा प्रवाहका लागि १२ थान कम्युटर, ५ थान प्रिन्टर र टेबल-कुर्सी सहयोग आएको उनले बताए ।

२०४८ सालदेखिको अभिलेख नष्ट

आगजनी र लुटपाटबाट जिल्ला प्रशासन कार्यालयको संरचनामा मात्रै ४ करोड बराबरको क्षति भएको अनुमान छ । अफिस सामग्रीमा भएको क्षतिको विवरण संकलन भइरहेको छ । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार २०४८ सालयताको नागरिकताको अभिलेख नष्ट भएको छ । यो अवधिमध्ये २०७२ सालदेखिको अभिलेख भने अनलाइन थियो । २०४८ सालदेखि २०७२ सालसम्मको लिखित अभिलेख नष्ट भएको छ । २०४८ सालअघिको अभिलेख भने छुट्टै कोठामा थियो । आगलागीबाट सो अभिलेख भएको कोठा जोगिएको उनले बताए । नागरिकता अभिलेख नष्ट भएका कारण नागरिकता वितरणमा कठिनाइ हुने उनले बताए । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार कार्यालयमा वितरणका लागि राखिएका करिब डेढ लाख राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएको छ । करिब ३० हजार राष्ट्रिय परिचयत्र पत्र जोगिएको छ । राष्ट्रिय परिचयपत्र बनाउँदा पेस भएका कागजात सबै जलेर नष्ट भएको छ । करिब ४०० राहदानी जलेको छ । जिल्ला प्रशासन कार्यालयमा विचाराधीन रहेका ४०० मुद्दाको मिसिल पनि ध्वस्त भएको छ । जिल्ला प्रशासन कार्यालयमा नागरिकता वितरण, राष्ट्रिय परिचयत्रपत्र र राहदानीको काम रोकिएको छ ।  कार्यालय मर्मतपछि यी सेवा दशैंपछि सुरु गर्ने तयारी छ । अहिले अत्यावश्यक काम सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै
बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै
हराएको गरगहना र नगद ट्राफिक प्रहरीद्वारा सम्बन्धितलाई हस्तान्तरण
हराएको गरगहना र नगद ट्राफिक प्रहरीद्वारा सम्बन्धितलाई हस्तान्तरण
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छः अध्यक्ष दाहाल
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छः अध्यक्ष दाहाल
स्वास्थ्य सेवा विभागका तत्कालीन प्रशासक सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड बिगो
स्वास्थ्य सेवा विभागका तत्कालीन प्रशासक सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड बिगो
भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु
भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु
भारत सरकारद्वारा नेपालका विभिन्न जिल्लालाई एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान
भारत सरकारद्वारा नेपालका विभिन्न जिल्लालाई एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान
सिंहदरबारमा राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दै
सिंहदरबारमा राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दै
घोषित मितिमै चुनाव गराउन सरकार सम्पूर्ण रूपमा जुटेको छ : प्रधानमन्त्री
घोषित मितिमै चुनाव गराउन सरकार सम्पूर्ण रूपमा जुटेको छ : प्रधानमन्त्री
सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल : संविधानवादबाट बाहिर जानुहुँदैन
सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल : संविधानवादबाट बाहिर जानुहुँदैन
०८४ को निर्वाचनसम्म यही समीकरण अघि बढ्छ : प्रधानमन्त्री
०८४ को निर्वाचनसम्म यही समीकरण अघि बढ्छ : प्रधानमन्त्री