कक्षा १२ को परीक्षामा ७३ वर्षीया महिलाको सहभागिता

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २१, २०८२
|
|
२९ पटक हेरिएको
Shares
कक्षा १२ को परीक्षामा ७३ वर्षीया महिलाको सहभागिता

सारांश

  • माध्यमिक विद्यालय तहको कक्षा १२ को यसवर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको छ ।
  • बिहान ८ बजेदेखि ११ बजे सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
  • आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षामा देशभर एक हजार ५९० र जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जानकारी दिएको छ ।

२१ वैशाख, काठमाडौं ।

माध्यमिक विद्यालय तहको कक्षा १२ को यसवर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजे सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षामा देशभर एक हजार ५९० र जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जानकारी दिएको छ ।

सबैभन्दा बढी काठमाडौंमा १६२ र मनाङ–मुस्ताङ जिल्लामा एक–एक केन्द्र निर्धारण गरिएको छ । परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी छन् ।त्यसैगरी आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कूल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीले परीक्षका लागि फर्म भरेको अध्यक्ष शर्माले जानकारी दिए । यसैबीच, काठमाडौं तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा केन्द्रबाट ७३ वर्षीय सूर्यवती खनालले परीक्षा दिएकी छन् ।

उनी तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी हुन् । प्रवेशपत्रमा उनको जन्म विसं २००९ साउन ९ गते उल्लेख छ । चार छोराछोरीका आमा तथा तीन जना नातिनातिनाका हजुरआमा खनालले छोराछोरी हुर्किएका र पढ्न रहर भएपछि विद्यालय भर्ना भई नियमित पढाइ अगाडि बढाएकी हुन् । उनले एसईई परीक्षा भने गोगङ्बुस्थित चेतना महिला माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी थिइन् । उनका श्रीमान् शिक्षक हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
लागू औषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
महिला टी–२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपाल आज बहराइनसँग भिड्दै
महिला टी–२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपाल आज बहराइनसँग भिड्दै
रौतहटमा गुडिरहेको बसमा आगलागी, मानवीय क्षति नभएको पुष्टि
रौतहटमा गुडिरहेको बसमा आगलागी, मानवीय क्षति नभएको पुष्टि
वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात
वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात
अर्थमन्त्रीले २० वाणिज्य बैंकका सीईओलाई बोलाए छलफलमा
अर्थमन्त्रीले २० वाणिज्य बैंकका सीईओलाई बोलाए छलफलमा
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस
शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस
अन्तर्राष्ट्रिय टी-२० सिरिजको चौथो खेल : नेपाल र मलेसियाबीच हुँदै
अन्तर्राष्ट्रिय टी-२० सिरिजको चौथो खेल : नेपाल र मलेसियाबीच हुँदै
गण्डकीका मन्त्री विन्दुकुमार थापाको भवनमा थप एक महिलाको श*व फेला
गण्डकीका मन्त्री विन्दुकुमार थापाको भवनमा थप एक महिलाको श*व फेला