लामिछानेविरुद्धको सुनुवाइ न्यायाधीश ढकालको इजलासमा
सारांश
- रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएको छ ।
- साहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा सरकारी वकिलको कार्यालयले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको थियो ।
- मुद्दा दर्ता भएसँगै लामिछाने राति नै चितवन पुगेर अदालत हाजिर भएका थिए ।
२३ माघ, काठमाडौँ ।
रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएको छ । साहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा सरकारी वकिलको कार्यालयले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएसँगै लामिछाने राति नै चितवन पुगेर अदालत हाजिर भएका थिए । 
‘लामिछानेविरुद्धको मुद्दामा न्यायाधीश ढकालको इजलासमा सुनुवाइ तोकिएको छ’, चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया