नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गरौँ : सांसद खड्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २७, २०८२
|
|
५८ पटक हेरिएको
Shares
नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गरौँ : सांसद खड्का

सारांश

  • नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्काले नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गर्नुपर्ने बताएका छन्।
  • मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारले समितिमा ल्याएको नागरिकता सम्बन्धी विधेयकले के विषयलाई समेट्न खोजेको हो त्यो विषय स्पष्ट पारेर छिटो पारित गर्नुपर्नेमा जोड दिए।
  • ‘यो ऐनबाट सरकारले जे कुरा सम्बोधन गर्न ल्याएको हो, त्यसरी नै टुंग्याइदिउँ,’ खड्काले भने, ‘ऐन बनाउँदै जाँदा, काम गर्दै जाँदा ऐनले तत्काल सेवाग्राहीले पाउनुपर्ने लाभ, सरकारले दिन खोजेको लाभ समयमै पाओस् भन्नेतिर हामीले जोड दिन जरुरी छ।

२७ जेठ, काठमाडौं ।

नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्काले नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गर्नुपर्ने बताएका छन्। मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारले समितिमा ल्याएको नागरिकता सम्बन्धी विधेयकले के विषयलाई समेट्न खोजेको हो त्यो विषय स्पष्ट पारेर छिटो पारित गर्नुपर्नेमा जोड दिए।

‘यो ऐनबाट सरकारले जे कुरा सम्बोधन गर्न ल्याएको हो, त्यसरी नै टुंग्याइदिउँ,’ खड्काले भने, ‘ऐन बनाउँदै जाँदा, काम गर्दै जाँदा ऐनले तत्काल सेवाग्राहीले पाउनुपर्ने लाभ, सरकारले दिन खोजेको लाभ समयमै पाओस् भन्नेतिर हामीले जोड दिन जरुरी छ। त्यो भएन भने भावना हामी राख्दै गर्ने, तत्काल निर्णय गर्नसक्ने कुराहरु पनि ल्याएर जोडेर एकै चोटी सबै गर्छौं भन्दा केही पनि नहुने हुन्छ। हामी उदार पनि बनौँ, संवेदनशीलतालाई असर पर्नेगरी पनि नजाऔँ। संवेदनशीलताको नाममा सदैव जटिलतामा हामी घुमिरहने, नागरिकले सधैँ दुःख पाइरहने काम गर्नु हुँदैन। कहीँ न कहीँ ब्रेक थ्रु गर्नुपर्छ।’पछिल्ला केही दिनयता समितिमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?