Press 4K
आइतबार, ७ भाद्र २०८३

जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, बदल्न हो : रवि लामिछाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १९, २०८२
|
|
३० पटक हेरिएको
Shares
जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, बदल्न हो : रवि लामिछाने

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधिसभाका सांसद रवि लामिछानेले फागुन २१ को निर्वाचनपछि बिहीबार बसेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गरेका छन् ।
  • सम्बोधनका क्रममा उनले जनताले दिएको मतादेशप्रति प्रतिबद्धता व्यक्त गर्दै त्यसको सम्मान कामबाटै गर्ने बताएका छन् ।
  • उनले भने, ‘जनताले करिब दुई तिहाइको मताधिकारको आदेश दिएका छन् ।

चैत, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधिसभाका सांसद रवि लामिछानेले फागुन २१ को निर्वाचनपछि बिहीबार बसेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले जनताले दिएको मतादेशप्रति प्रतिबद्धता व्यक्त गर्दै त्यसको सम्मान कामबाटै गर्ने बताएका छन् । उनले भने, ‘जनताले करिब दुई तिहाइको मताधिकारको आदेश दिएका छन् । जनतालाई प्रतिज्ञा गर्छु कि यो मतादेशको गुण हामी जिम्मेवारी पूरा गरेर तिर्नेछौं । यो मतादेशमा जनताको आशा पनि छ, आक्रोश पनि छ । पाएको मत समर्थनको मात्र होइन, परिवर्तनको मत हो । हामीलाई जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न हो । म गर्वका साथ भन्न सक्छु, हामीले बदल्न सुरु गरिसकेका छौं ।’

उनले केवल भाषणले मात्र परिवर्तन सम्भव नभएको उल्लेख गर्दै कामबाट प्रमाणित गर्नुपर्नेमा जोड दिए । ‘हामीले बोलेर मात्रै पुग्दैन । मैले मात्र होइन, रास्वपाका हरेक माननीयले कामबाटै आफूलाई, पार्टीलाई र सरकारलाई प्रमाणित गर्नुपर्छ । अब हामी राम्रै बोल्नुभन्दा पनि कामहरू, सरकारका कामहरू आफैं बोल्नेछन् । ती बोल्न सुरु गरिसकेको कुरा म जानकारी गराउन चाहन्छु,’ उनले भने । उनले सरकारलाई ‘हनिमुन पिरियड’ आवश्यक नरहेको उल्लेख गर्दै छिटो काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामीलाई हनिमुन पिरियडको सुविधा पनि चाहिँदैन । हामी दिन गनेर होइन, सेकेन्ड गनेर काम गर्न चाहन्छौं, त्यो सुरु गरिसकेका छौं,’ उनले भने । लामिछानेले विपक्षी दलका प्रतिबद्धतासमेत कार्यान्वयन गर्न तयार रहेको स्पष्ट पार्दै विगतका सरकारबाट सिक्ने प्रतिबद्धता जनाए ।

हामी आफ्ना मात्र होइन, विपक्षी दलका चुनावी प्रतिबद्धता पनि स्वामित्व लिन तयार भएर आएका छौं। यसअघि पनि पटक–पटक एकल बहुमतका सरकार नबनेका भने होइनन्। तर ती सरकारहरू इतिहासका अंग बने, इतिहास बदल्ने औजार बन्न सकेनन्। हामी इतिहासबाट सिक्न लाज मान्ने छैनौं,’ उनले भने । उनले जनताले दिएको बहुमतलाई गुमेको अवसरका रूपमा इतिहासमा लेखिन नदिने प्रतिबद्धता पनि व्यक्त गरे । ‘जनताले हामीलाई दिएको विशाल बहुमतको इतिहास फेरि ‘गुमेको अवसर’ भनेर लेखियो भने कलंकित हुनेछौं, हामीलाई त्यो मन्जुर छैन,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशमा त्रुटीपूर्ण बजेट कार्यान्वयन हुन नसक्ने विपक्षी दलको दाबी
मधेश प्रदेशमा त्रुटीपूर्ण बजेट कार्यान्वयन हुन नसक्ने विपक्षी दलको दाबी
स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइन : अर्थमन्त्री खनाल
स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइन : अर्थमन्त्री खनाल
फोहरबाट इन्टरलक र टायल उत्पादन सुरू
फोहरबाट इन्टरलक र टायल उत्पादन सुरू
निजामती अस्पतालका कर्मचारी ८ दिनदेखि आन्दोलनमा
निजामती अस्पतालका कर्मचारी ८ दिनदेखि आन्दोलनमा
विभिन्न पार्टी परित्याग गरि ५५ जना जनमत पार्टीमा प्रवेश
विभिन्न पार्टी परित्याग गरि ५५ जना जनमत पार्टीमा प्रवेश
क्यालिफोर्नियामा अमेरिकी सेनाको एफ–३५ लडाकु विमान दुर्घटनाग्रस्त
क्यालिफोर्नियामा अमेरिकी सेनाको एफ–३५ लडाकु विमान दुर्घटनाग्रस्त
युवाहरूको सपना पूरा गर्ने वातावरण नेपालमै बनाउनुपर्छ : कुलमान घिसिङ
युवाहरूको सपना पूरा गर्ने वातावरण नेपालमै बनाउनुपर्छ : कुलमान घिसिङ
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भए डा. श्रेष्ठ
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भए डा. श्रेष्ठ
सर्लाहीमा आमाको नामबाट पहिलो पटक नागरिकता वितरण
सर्लाहीमा आमाको नामबाट पहिलो पटक नागरिकता वितरण
यस्ता छन् विहीबारको मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)
यस्ता छन् विहीबारको मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...