Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ९, २०८२
|
|
४१ पटक हेरिएको
Shares
रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा सोमबार पनि सुनुवाइ हुँदै छ।
  • आइतबार महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतको मागअनुरूप लामिछानेको मुद्दा फिर्ताको निर्णय संशोधनसम्बन्धी फाइल सर्वोच्च अदालतमा पेस गरेको छ।
  • सर्वोच्चको मागबमोजिम पेस भएको निर्णय संशोधनसम्बन्धी फाइलमाथि आज बहस हुनेछ।

 

९ चैत, काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा सोमबार पनि सुनुवाइ हुँदै छ। आइतबार महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतको मागअनुरूप लामिछानेको मुद्दा फिर्ताको निर्णय संशोधनसम्बन्धी फाइल सर्वोच्च अदालतमा पेस गरेको छ।सर्वोच्चको मागबमोजिम पेस भएको निर्णय संशोधनसम्बन्धी फाइलमाथि आज बहस हुनेछ। सर्वोच्च अदालतका न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासमा सुनुवाइ जारी छ।

गत ३० पुसमा महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन्। तर, त्यसको दुई दिनपछि २ माघमा भने लामिछानेसहित अन्य सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन गर्ने अर्को निर्णय गरिएको थियो। तर सर्वोच्चमा ३० पुसको निर्णय मात्रै पेश भएको पाइएको छ। त्यसपछि इजलासले २ माघको संशोधित निर्णय झिकाएर पेश गर्न आदेश दिएको हो। महान्यायाधिवक्ता सविता भण्डारी बरालले मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्, जसविरुद्ध अधिवक्ताहरूले रिट दायर गरेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वनमन्त्री ठकुरीसँग अमेरिकी राजदूत थम्प्सनको भेट
वनमन्त्री ठकुरीसँग अमेरिकी राजदूत थम्प्सनको भेट
प्रदेशमा भ्रष्टाचारविरुद्धको अभियान सशक्त बनाइनेछ : मुख्यमन्त्री सिँह
प्रदेशमा भ्रष्टाचारविरुद्धको अभियान सशक्त बनाइनेछ : मुख्यमन्त्री सिँह
भारत आईसीसी क्रिकेट वरीयताको तीनवटै फर्म्याटको शीर्ष स्थानमा।
भारत आईसीसी क्रिकेट वरीयताको तीनवटै फर्म्याटको शीर्ष स्थानमा।
सुदूरपश्चिममा बजेट पेस गर्ने सरकारको तयारीमा विपक्षीको अवरोध
सुदूरपश्चिममा बजेट पेस गर्ने सरकारको तयारीमा विपक्षीको अवरोध
पर्सामा खानेपानी र सिँचाइ संकट समाधानका लागि दीर्घकालीन योजना निर्माणको प्रतिबद्धता
पर्सामा खानेपानी र सिँचाइ संकट समाधानका लागि दीर्घकालीन योजना निर्माणको प्रतिबद्धता
पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार
पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
आँधीका कारण फिलिपिन्समा मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो
आँधीका कारण फिलिपिन्समा मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो
प्रचण्डलाई रविले भने- भैरहवा भन्दा यहाँको बसाइ धेरै राम्रो छ
प्रचण्डलाई रविले भने- भैरहवा भन्दा यहाँको बसाइ धेरै राम्रो छ
गठबन्धनका कारण स्थानीय तहमा महिला प्रतिनिधित्व घट्यो: पूर्वराष्ट्रपति भण्डारी
गठबन्धनका कारण स्थानीय तहमा महिला प्रतिनिधित्व घट्यो: पूर्वराष्ट्रपति भण्डारी