पर्सामा खानेपानी र सिँचाइ संकट समाधानका लागि दीर्घकालीन योजना निर्माणको प्रतिबद्धता

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १२, २०८२
|
|
५४ पटक हेरिएको
Shares
पर्सामा खानेपानी र सिँचाइ संकट समाधानका लागि दीर्घकालीन योजना निर्माणको प्रतिबद्धता

सारांश

  • पर्सा गाउँपालिकामा खानेपानी, सिँचाइ र कृषिमा देखिएको समस्याको समाधानका लागि गाउँपालिका सक्रिय बनेको छ।
  • पानीको सतह गहिरिँदै गएपछि सुरुमा गाउँगाउँमा पिउने पानीको अभाव देखिएको थियो।
  • तर, अहिले समरसियल बोरिङ जडानसँगै समस्या समाधान भएको गाउँपालिका अध्यक्ष धिरेन्द्र राय (विस्पत) ले जानकारी दिनुभयो।

१२ साउन, सर्लाही

पर्सा गाउँपालिकामा खानेपानी, सिँचाइ र कृषिमा देखिएको समस्याको समाधानका लागि गाउँपालिका सक्रिय बनेको छ। पानीको सतह गहिरिँदै गएपछि सुरुमा गाउँगाउँमा पिउने पानीको अभाव देखिएको थियो। तर, अहिले समरसियल बोरिङ जडानसँगै समस्या समाधान भएको गाउँपालिका अध्यक्ष धिरेन्द्र राय (विस्पत) ले जानकारी दिनुभयो। अध्यक्ष राय र वडाध्यक्षहरूको पहलमा हालसम्म गाउँपालिकाभर २०० भन्दा बढी समरसियल बोरिङ जडान गरिएको छ।

यसले पिउने पानीको अभाव न्यूनीकरणमा ठूलो भूमिका खेलेको छ। खेतीपातीका लागि सिँचाइ सुविधा सहज बनाउने उद्देश्यले कृषि विद्युतीकरणको काम पनि अघि बढाइएको छ। समयमै वर्षा नहुँदा हालसम्म जम्मा ३० प्रतिशत मात्रै धान रोपाइँ भएको छ भने बाँकी खेतमा पानीको अभावले रोपाइँ हुन सकेको छैन। संघीय सरकारले मधेस सुक्खाग्रस्त क्षेत्र घोषणा गरेपछि हिजो

आइतबार कार्यपालिका बैठक बसेको थियो। बैठकमा अध्यक्ष रायले सबै वडाध्यक्षहरूलाई आफ्ना वडामा देखिएका समस्या पहिचान गर्न र समाधानका लागि आवश्यक योजना तत्काल अघि बढाउन निर्देशन दिनुभयो। पालिकाले दीर्घकालीन रूपमा जलाशय निर्माण, नहर प्रणाली, वर्षा पानी संकलन जस्ता उपायमार्फत समस्या समाधान गर्ने योजना बनाएको छ। ती योजनाका लागि संघीय र प्रदेश सरकारसँग बजेट र प्रविधिको सहयोग माग्ने तयारी पनि गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?