राष्ट्र बैंकमा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक समिति सदस्यको कार्यकाल अब ३ वर्ष मात्रै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ३१, २०८३
|
|
७८ पटक हेरिएको
Shares
राष्ट्र बैंकमा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक समिति सदस्यको कार्यकाल अब ३ वर्ष मात्रै

सारांश

  • अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक समिति सदस्यको कार्यकाल तीन वर्षमा सीमित गर्ने प्रस्ताव पारित गरेको छ।
  •   नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०८३ माथि बुधबार भएको छलफलबाट समितिले हाल पाँच वर्ष रहेको उनीहरूको कार्यकाल घटाएर तीन वर्ष बनाउने प्रस्ताव समितिले सर्वसम्मतिले पारित गरेको हो।
  •  साथै कार्यसम्पादनका आधारमा निजहरुलाई दुई वर्षको लागि पुनः नियुक्ति गर्न सकिने व्यवस्थासमेत गरिएको छ।

३१ भदौ, काठमाडौं ।

अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक समिति सदस्यको कार्यकाल तीन वर्षमा सीमित गर्ने प्रस्ताव पारित गरेको छ।  नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०८३ माथि बुधबार भएको छलफलबाट समितिले हाल पाँच वर्ष रहेको उनीहरूको कार्यकाल घटाएर तीन वर्ष बनाउने प्रस्ताव समितिले सर्वसम्मतिले पारित गरेको हो।  साथै कार्यसम्पादनका आधारमा निजहरुलाई दुई वर्षको लागि पुनः नियुक्ति गर्न सकिने व्यवस्थासमेत गरिएको छ। त्यसैगरी, गभर्नर, डेपुटी गभर्नर तथा स्वतन्त्र सञ्चालक सदस्यको योग्यता र अनुभवलाई समयसापेक्ष बनाइनुका साथै स्वतन्त्र सञ्चालक सदस्यमा कम्तीमा एक जना महिला नियुक्त गर्नुपर्ने बाध्यकारी व्यवस्था समेत गरेको छ।

स्वार्थको द्वन्द्वलाई मध्येनजर गरी वाणिज्य बैंक तथा वित्तीय संस्थाको बहालवाला पदाधिकारी वा त्यस्तो पदबाट अवकाश भएर दुई वर्ष व्यतित नभएको प्रमुख कार्यकारी अधिकृत सञ्चालक सदस्य बन्न नपाउने गरी कुलिङ अफ पिरियड राख्ने निर्णय समितिले गरेको छ। वाणिज्य बैंक तथा वित्तीय संस्थामा ०.५ प्रतिशतभन्दा बढी सेयर धारण गर्ने व्यक्ति सञ्चालक सदस्य बन्न अयोग्य हुने व्यवस्था गरिएको छ। अर्थ समितिले राष्ट्र बैंकले मौद्रिक नीति निर्माण, सोको घोषणा र प्रकाशन प्रत्येक वर्ष साउन १ गते गर्नुपर्ने व्यवस्था गरी मिति नै तोकिदिएको छ। त्यस्तै, मुद्रा, बैंकिङ र वित्त सम्बन्धमा नेपाल सरकारले निर्देशन दिन सक्ने ऐनको दफा १०६ ग को व्यवस्था यथावत् कायम राखिएको छ। यसका साथै नेपाल राष्ट्र बैंक ऐनको दफा १०० को उपदफा (२) को (क) मा उल्लिखित सजायको व्यवस्थाबाट उत्पन्न समस्या सम्बोधनको लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १८ मा आवश्यक संशोधन प्रक्रिया तत्काल अघि बढाउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई निर्देशन समेत दिएको छ। राष्ट्र बैंक व्यवस्थापन समितिको बैठक महिनामा कम्तीमा दुई पटक बस्नुपर्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकाले रद्द गर्‍यो ६ हजार विदेशी विद्यार्थीको भिसा
अमेरिकाले रद्द गर्‍यो ६ हजार विदेशी विद्यार्थीको भिसा
कुलमान र हितेन्द्रदेवको रिटमा बहस सकियो, आजै आदेश आउने
कुलमान र हितेन्द्रदेवको रिटमा बहस सकियो, आजै आदेश आउने
गणतन्त्र दिवस मूल समारोह समिति गठन
गणतन्त्र दिवस मूल समारोह समिति गठन
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
पशुपतिको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान
पशुपतिको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान
बंगलादेशमा विमान दुर्घटना : मृतकको संख्या २७ पुग्यो, १७१ जना घाइते
बंगलादेशमा विमान दुर्घटना : मृतकको संख्या २७ पुग्यो, १७१ जना घाइते
करोडभन्दा कमका योजना नल्याउने निर्णय गरेको मधेश सरकार १० लाखसम्मका ल्याउँदै
करोडभन्दा कमका योजना नल्याउने निर्णय गरेको मधेश सरकार १० लाखसम्मका ल्याउँदै
बाल सुधार गृह भक्तपुरमा झडप र आगजानी, १७० बालबालिका सुरक्षित
बाल सुधार गृह भक्तपुरमा झडप र आगजानी, १७० बालबालिका सुरक्षित
मापदण्डविपरीत उम्मेदवार सिफारिस नगर्न कांग्रेसको निर्देशन
मापदण्डविपरीत उम्मेदवार सिफारिस नगर्न कांग्रेसको निर्देशन
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा अनिश्चितकालका लागि बन्द
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा अनिश्चितकालका लागि बन्द