Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अनलाइनबाट साढे २ करोड बढी ठगी गरेको आरोपमा ७ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २५, २०८२
|
|
४९ पटक हेरिएको
Shares
अनलाइनबाट साढे २ करोड बढी ठगी गरेको आरोपमा ७ जना पक्राउ

सारांश

  • अनलाइन माध्यमबाट साढे दुई करोडभन्दा बढी ठगी गरेको अरोपमा धनुषा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका–१ का २३ वर्षिय सुरज साह, क्षीरेश्वरनाथ नगरपालिका–२ का २२ वर्षीय श्यामसुन्दर महरा र क्षीरेश्वरनाथ –१ का २० वर्षीय रामकुमार महरा छन् ।
  •   यस्तै महोत्तरीको गौशाला नगरपालिका–१ का २२ वर्षीय रोशन साह, २१ वर्षीय सुधीरकुमार महतो, गौशाला–२ का १९ वर्षीय अमित साह र सर्लाहीको बरहथवा नगरपालिका–७ का २२ वर्षीय नितेशकुमार छन् ।

 

२५ वैशाख, जनकपुरधाम ।

अनलाइन माध्यमबाट साढे दुई करोडभन्दा बढी ठगी गरेको अरोपमा धनुषा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका–१ का २३ वर्षिय सुरज साह, क्षीरेश्वरनाथ नगरपालिका–२ का २२ वर्षीय श्यामसुन्दर महरा र क्षीरेश्वरनाथ –१ का २० वर्षीय रामकुमार महरा छन् ।

 

यस्तै महोत्तरीको गौशाला नगरपालिका–१ का २२ वर्षीय रोशन साह, २१ वर्षीय सुधीरकुमार महतो, गौशाला–२ का १९ वर्षीय अमित साह र सर्लाहीको बरहथवा नगरपालिका–७ का २२ वर्षीय नितेशकुमार छन् । उनीहरूलाई बिहीबार धनुषा प्रहरीले सार्वजनिक गरेको छ । सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । उनका अनुसार पक्राउ परेका युवकहरू कुलतमा संलग्न छन् । अनलाइनमाध्यमबाट विभिन्न किसिमको मोबाइल तथा लत्ता कपडा लगायत सामानहरू सस्तोमा दिने भनी इन्सटाग्राम, टिकटक, फेसबुक, ह्वाट्सप लगायत सामाजिक

 

सञ्जालमा एकाउन्ट पेज प्रयोग गरी प्रलोभन देखाएर ठगी गर्दै आएको डीएसपी सिंहले बताए । सामान खरिद गर्ने भनी सामाजिक सञ्जालको प्रयोग गरी सम्पर्क गर्दा अग्रिम भुक्तानी लिने गरेको र पैसा लिइसकेपछि उनीहरूलाई ब्लक गरी सम्पर्कविहीन हुने गरेको अनुसन्धानबाट खुलेको छ । विभिन्न बैंक तथा वालेट गरी १८७ वटा खाताहरूको विवरण फेला परेको र उक्त खाताहरूबाट हालसम्म २ करोड ६३ लाख ९३ हजार १९२ रुपैयाँ बराबरको कारोबार भएको देखिएको डीएसपी सिंहले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली नोटसहित सर्लाहीबाट एकजना पक्राउ
नक्कली नोटसहित सर्लाहीबाट एकजना पक्राउ
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न मागियो दरखास्त
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न मागियो दरखास्त
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै रहन्छ : माओवादी केन्द्र
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै रहन्छ : माओवादी केन्द्र
बागलुङमा ५९ इजाजत प्राप्त हातहतियार बुझाइयो, अटेरीको लाइसेन्स खारेज हुने
बागलुङमा ५९ इजाजत प्राप्त हातहतियार बुझाइयो, अटेरीको लाइसेन्स खारेज हुने
अल्जेरियाविरुद्ध मेसीको दोस्रो गोल
अल्जेरियाविरुद्ध मेसीको दोस्रो गोल
बागलुङ जिप दुर्घटना अपडेट : मृ*त्यु हुनेको सङ्ख्या चार पुग्यो
बागलुङ जिप दुर्घटना अपडेट : मृ*त्यु हुनेको सङ्ख्या चार पुग्यो
जेठ १८ गते काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा
जेठ १८ गते काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा
थर वा जन्मले होइन, कर्मले मूल्याङ्कन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री
थर वा जन्मले होइन, कर्मले मूल्याङ्कन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री
गौशाला धर्मशाला अब मारवाडी सेवाले चलाउन पाउने, महानगरसँगको सम्झौता खारेज
गौशाला धर्मशाला अब मारवाडी सेवाले चलाउन पाउने, महानगरसँगको सम्झौता खारेज
तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न ५ सदस्यीय समिति गठन
तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न ५ सदस्यीय समिति गठन