नक्कली नोटसहित सर्लाहीबाट एकजना पक्राउ
सारांश
- सर्लाहीमा नक्कली नोटसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा कौडेना गाउँपालिका–५, छपकैयाका ३० वर्षीय फिरोज खान छन् ।
- बुधबार (मंसिर २४) बेलुका विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
२५ मंसिर, सर्लाही ।
सर्लाहीमा नक्कली नोटसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कौडेना गाउँपालिका–५, छपकैयाका ३० वर्षीय फिरोज खान छन् ।

बुधबार (मंसिर २४) बेलुका विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको ‘अनटेस्ट’ लेखिएको मोटरसाइकलमा सवार उनलाई उक्त नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया