गोवामा ज्यान गुमाएका ५ नेपालीको सनाखत, श*व नेपाल ल्याउने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २५, २०८२
|
|
३६ पटक हेरिएको
Shares
गोवामा ज्यान गुमाएका ५ नेपालीको सनाखत, श*व नेपाल ल्याउने तयारी

सारांश

  • भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ ।
  • गत शनिबारको घटनामा पाँच नेपालीसहित २५ जनाले ज्यान गुमाएका थिए ।
  • गोवा प्रहरीका अनुसार ज्यान गुमाउने नेपालीहरुमा दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल (विवेक), झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा छन् ।

काठमाडौं ।

भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच नेपालीसहित २५ जनाले ज्यान गुमाएका थिए । गोवा प्रहरीका अनुसार ज्यान गुमाउने नेपालीहरुमा दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल (विवेक), झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा छन् ।

उनीहरुको शव नेपाल ल्याउने तयारी भइरहेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार उनीहरुको शव ल्याउन नयाँदिल्लीस्थित नेपाली राजदूतावासले गोवा सरकारसँग समन्वय गरिरहेको छ । चुर्णबहादुरको शवलाई गोवाबाट एयर एम्बुलेन्समार्फत् लखनउ र लखनउबाट गाडीमा दाङ पुर्‍याउने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अन्यको हकमा पनि घरसम्मै शव पुर्‍याइदिने पहल भइरहेको छ । त्यसका लागि भारतमा रहेका नेपालीहरुले पनि सहयोग गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालीहरु कार्यरत सो नाइट क्लबमा शनिबार मध्यराति आगलागी सुरु भएको थियो । त्यसक्रममा ग्यास सिलिण्डर पनि विष्फोट हुँदा आगो भयावह भएको थियो ।

साँघुरा बाटोका कारण दमकल पुग्न नसक्दा र आगो नियन्त्रणको प्रभावकारी प्रबन्ध नहुँदा मानवीय क्षति पनि बढी भएको थियो । नाइट क्लबमा धेरैजसो मानिस भुइँतलामा र भान्सातिरै थुनिएर ज्यान गुमाएको पाइएको छ । केहीको जलेर र केहीको धुँवामा निसास्एिर मृत्यु भएको अधिकारीहरुले बताएका छन् । घटना सम्बन्धी प्रारम्भिक अनुसन्धानले क्लबले आवश्यक सुरक्षा मापदण्ड पालना नगरेको र अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ । गोवा प्रहरीले नाइट क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ । मालिक सौरभ लुथरा र गौरव लुथराविरुद्ध मुद्दा दर्ता गरिएको छ । नियमविपरीत नाइट क्बल सन्चालन अनुमति दिएको आरोपमा गोवाको स्थानीय सरकारका तीन वरिष्ठ सरकारी अधिकारी पनि निलम्बनमा परेका छन् । गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलमानका कारण रोकियो रवि-बालेन सहमति
कुलमानका कारण रोकियो रवि-बालेन सहमति
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
कम्युनिस्ट पार्टी स्थापना दिवसलाई एमालेले हीरक महोत्सवका रूपमा मनाउने
कम्युनिस्ट पार्टी स्थापना दिवसलाई एमालेले हीरक महोत्सवका रूपमा मनाउने
आरआर क्याम्पसको स्ववियु सचिवका उम्मेदवारमाथि आक्रमण
आरआर क्याम्पसको स्ववियु सचिवका उम्मेदवारमाथि आक्रमण
देवीघाटमा ५ दिनमै तयार भयो एक्रो ब्रिज
देवीघाटमा ५ दिनमै तयार भयो एक्रो ब्रिज
सरकार–निजी क्षेत्र सहकार्य बढाउन प्रधानमन्त्री र व्यवसायीबीच छलफल
सरकार–निजी क्षेत्र सहकार्य बढाउन प्रधानमन्त्री र व्यवसायीबीच छलफल
शिक्षकको तलब मासिक रुपमा नियमित उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन
शिक्षकको तलब मासिक रुपमा नियमित उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन
बागमती प्रदेश सभाको बैठक आज बस्दै
बागमती प्रदेश सभाको बैठक आज बस्दै
माओवादी कांग्रेस-एमाले जस्तो बिचौलियाको पक्षमा काम गर्ने पार्टी होइन : प्रचण्ड
माओवादी कांग्रेस-एमाले जस्तो बिचौलियाको पक्षमा काम गर्ने पार्टी होइन : प्रचण्ड
सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड आज कतिमा हुदैछ करोबार ?
सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड आज कतिमा हुदैछ करोबार ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...