सर्वोच्चको तेस्रो आदेश– सम्पत्ति छानबिनको सबै काम तत्कालका लागि रोक्नू

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ३१, २०८३
|
|
३३५ पटक हेरिएको
Shares
सर्वोच्चको तेस्रो आदेश– सम्पत्ति छानबिनको सबै काम तत्कालका लागि रोक्नू

सारांश

  • सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न सम्पत्ति छानबिन आयोगलाई कामकारबाही रोक्न अन्तरिम आदेश जारी गरेको छ ।
  •  न्यायाधीश नृपध्वज निरौलाको इजलासले आयोगको कामकारबाही रोक्नू भनी अन्तरिम आदेश जारी गरेको हो ।
  •  सर्वोच्चले गत शुक्रबार पनि सम्पत्ति छानबिन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

३१ असार, काठमाडौं ।

सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न सम्पत्ति छानबिन आयोगलाई कामकारबाही रोक्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको इजलासले आयोगको कामकारबाही रोक्नू भनी अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले गत शुक्रबार पनि सम्पत्ति छानबिन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको थियो । तर आदेशमा अस्पष्ट हुँदा आयोगले पूर्वन्यायाधीश र पूर्वसैनिक बाहेकको हकमा सम्पत्ति जाँचबुझ यथावत रहने भनी सूचना निकालेको थियो । त्यो सूचनाविरुद्ध अधिवक्ता मनीराम उपाध्यायले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

‘गत शुक्रबारको आदेश कार्यान्वयन हुनुपर्ने र आयोगले निकालेको पछिल्लो सूचना बदर हुनुपर्ने भनेर परेको रिट निवेदनमा हामीले आज छलफल गरेका हौं,’ वरिष्ठ अधिवक्ता रमेश बडालले भने, ‘सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भएको सूचना आएको छ । हामीले आयोगकै सूचना बदरको माग गरेकाले आयोगलाई कामकारबाही नगर्नु भनेर अन्तरिम आदेश दिएको हुनुपर्छ ।’ सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले अन्तरिम आदेश जारी भएको सूचना आएको तर आदेशको प्रति आफूले प्राप्त नगरेको बताए । उनले भने, ‘आदेशको प्रति प्राप्त गरेपछि मात्रै अरु विवरण थाह होला ।’

बुधबार मात्रै सर्वोच्च अदालतले पूर्वन्यायाधीशहरूको अर्को रिट निवेदनमा अन्तरिम आदेश जारी गरेको थियो । पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले पूर्वन्यायाधीशको सम्पत्ति जाँचबुझ गर्न नमिल्ने दाबीसहित सर्वोच्च अदालतमा निवेदन दिएका थिए । न्यायाधीश निरौलाकै इजलासले त्यो निवेदनमा समेत अन्तरिम आदेश दिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकतन्त्रको फ्रेमवर्कभित्र राजसंस्थालाई स्थान दिनुपर्छ : रविन्द्र मिश्र
लोकतन्त्रको फ्रेमवर्कभित्र राजसंस्थालाई स्थान दिनुपर्छ : रविन्द्र मिश्र
संसद्‍मा अनिवार्य उपस्थितिका लागि रास्वपाले बनायो तालिका
संसद्‍मा अनिवार्य उपस्थितिका लागि रास्वपाले बनायो तालिका
भ्रष्टाचार छानबिनको माग गर्दै अख्तियार जाँदै राप्रपा
भ्रष्टाचार छानबिनको माग गर्दै अख्तियार जाँदै राप्रपा
वार्ता असफल भएपछि अमेरिका फर्किए उपराष्ट्रपति भान्स
वार्ता असफल भएपछि अमेरिका फर्किए उपराष्ट्रपति भान्स
चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर
चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर
जनताले सधैँ अनुभूति गर्नेगरी काम गर्नुपर्छ : मन्त्री खड्का
जनताले सधैँ अनुभूति गर्नेगरी काम गर्नुपर्छ : मन्त्री खड्का
जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन
जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन
चितुवाको आक्रमणबाट बाजुरामा बालकको मृत्यु
चितुवाको आक्रमणबाट बाजुरामा बालकको मृत्यु
निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन् : उर्जामन्त्री
निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन् : उर्जामन्त्री
संविधान कार्यान्वयनका लागि १४६ वटा ऐन जारी : मन्त्री सिन्हा
संविधान कार्यान्वयनका लागि १४६ वटा ऐन जारी : मन्त्री सिन्हा