लोकतन्त्रको फ्रेमवर्कभित्र राजसंस्थालाई स्थान दिनुपर्छ : रविन्द्र मिश्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २३, २०८२
|
|
३५ पटक हेरिएको
Shares
लोकतन्त्रको फ्रेमवर्कभित्र राजसंस्थालाई स्थान दिनुपर्छ : रविन्द्र मिश्र

सारांश

  •   राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले राप्रपाले पूर्ण राजतन्त्रको पक्षमा वकालत नगरेको बताएका छन्।
  •   राप्रपाले मंगलबार काठमाडौंमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै मिश्रले सबैले एकताको प्रतिक मान्नसक्ने पृथ्वीनारायण शाहको वंशजलाई लोकतन्त्रको परिधिमा स्थान दिएर अघि बढ्नुपर्ने बताए।
  • ‘अब हामीले राजनीतिभन्दा माथि, देशका सबै जातजाति, भाषाभार्षी, धर्मसंस्कृतिका मानिसहरूले एकताको प्रतिक मान्न सक्ने पृथ्वीनारायण शाहको वंशज राजसंस्थालाई पुनःस्थापित गर्नैपर्छ,’ उनले भने।

 

२३ मंसिर, काठमाडौं । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले राप्रपाले पूर्ण राजतन्त्रको पक्षमा वकालत नगरेको बताएका छन्।  राप्रपाले मंगलबार काठमाडौंमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै मिश्रले सबैले एकताको प्रतिक मान्नसक्ने पृथ्वीनारायण शाहको वंशजलाई लोकतन्त्रको परिधिमा स्थान दिएर अघि बढ्नुपर्ने बताए।

‘अब हामीले राजनीतिभन्दा माथि, देशका सबै जातजाति, भाषाभार्षी, धर्मसंस्कृतिका मानिसहरूले एकताको प्रतिक मान्न सक्ने पृथ्वीनारायण शाहको वंशज राजसंस्थालाई पुनःस्थापित गर्नैपर्छ,’ उनले भने। लोकतन्त्रको फ्रेमवर्कभित्र राजतन्त्र खोज्नुपर्ने उनको मत थियो। उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्ण राजतन्त्र भनेको होइन, यो कुरा बुझ्नुपर्छ। हामीले लोकतन्त्रको फ्रेमवर्कभित्र राजसंस्थालाई पनि स्थान दिनुपर्छ।’

आधुनिक शक्तिको प्रतिकको रुपमा राजनीतिक दलहरू रहनुपर्ने उनले बताए। अहिले राजनीतिक दलले राज्य नै क्षयीकृत हुनेगरी गल्ती गरेको उनको आरोप थियो। ‘आधुनिक शक्तिको प्रतिकको रुपमा राजनीतिक दलहरूलाई पनि समेटनुपर्छ। राजनीतिक दलहरूले हजारौँ गल्ती गरेका छन्। राष्ट्र, राज्य नै क्षयिकृत हुने गरेर गल्ती गरेका छन्,’ मिश्रले भने।  ठूलो हृदय गरेर सबैलाई समेट्ने सरकार बनाउनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?