मधेस प्रदेशमा जोगियो कृष्ण यादवको सरकार, चार दलले गरे निरन्तरता दिने निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २७, २०८३
|
|
४६६ पटक हेरिएको
Shares
मधेस प्रदेशमा जोगियो कृष्ण यादवको सरकार, चार दलले गरे निरन्तरता दिने निर्णय

सारांश

  • मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलबीच सहमति भएको छ।
  • जनमत पार्टीले समर्थन फिर्ता गरेपछि कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र लोसपा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो।
  •   उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत दिने निर्णय पनि गरेका छन्।

२७ वैशाख, काठमाडौं ।

मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलबीच सहमति भएको छ। जनमत पार्टीले समर्थन फिर्ता गरेपछि कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र लोसपा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो।  उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत दिने निर्णय पनि गरेका छन्। मुख्यमन्त्री यादवलाई यथाशिघ्र विश्वासको मत लिन पनि चार दलको आग्रह छ। गत वैशाख २२ गते जनमतले सरकारबाट समर्थन फिर्ता लिएपछि यादव सरकारको आयुमाथि प्रश्न उठेको थियो।

कांग्रेस, नेकपा, जसपा र लोसपाले निरन्तरता दिने निर्णय गरेपछि यादव नेतृत्वको सरकार जोगिएको छ। मधेस प्रदेश सभामा हाल १ सय १ सांसद छन्। कांग्रेसका २२, नेकपाका १५, जसपा–लोसपा गरी २६ गरी ६३ जना सांसद यादवको पक्षमा देखिएका छन्। विपक्षमा एमालेका २४, जनमतका १२,  नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टीका १–१ जना सांसद छन्। यसअघि, मधेस प्रदेश सभामा १ सय ७ जना सांसद थिए। लोसपाका अभिराम शर्मा, जसपाका सरोजसिंह कुशवाहा र राप्रपाकी कञ्चन बिच्छा निलम्बित छन्।  जनमतका सतिशकुमार सिंह, नेकपाका भरतप्रसाद साह, रहवर अनसारी, एमालेका रामचन्द्र मण्डल प्रतिनिधिसभा उम्मेदवारी दिँदा प्रदेश सांसदबाट राजीनामा गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित, सरकारले अनावश्यक खर्च बढाएको आराेप
प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित, सरकारले अनावश्यक खर्च बढाएको आराेप
गृहमन्त्रीको राजीनामा विपक्षी दलको बटमलाइन : सांसद झा
गृहमन्त्रीको राजीनामा विपक्षी दलको बटमलाइन : सांसद झा
इजरायली हमलामा ६० जनाको मृ*त्यु
इजरायली हमलामा ६० जनाको मृ*त्यु
सामूहिक करणी आरोपमा गाउँपालिकाका दुई कर्मचारीसहित तीनजना पक्राउ
सामूहिक करणी आरोपमा गाउँपालिकाका दुई कर्मचारीसहित तीनजना पक्राउ
राज्य व्यवस्था समितिबाट नागरिकता विधेयक पारित
राज्य व्यवस्था समितिबाट नागरिकता विधेयक पारित
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
प्रधानमन्त्री कार्कीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन
प्रधानमन्त्री कार्कीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन
राष्ट्रिय जनमोर्चाले घोषणा गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम
राष्ट्रिय जनमोर्चाले घोषणा गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम
जेनजी आन्दोलन क्रममा फरार १२२ कैदीबन्दी काठमाडौंबाट पक्राउ
जेनजी आन्दोलन क्रममा फरार १२२ कैदीबन्दी काठमाडौंबाट पक्राउ
सामाजिक सञ्जाल मार्फत अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ
सामाजिक सञ्जाल मार्फत अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ