जनप्रतिनिधिको ६ दिन र कर्मचारीको ३ दिनको तलब पुनःनिर्माण कोषमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ३, २०८२
|
|
४२ पटक हेरिएको
Shares
जनप्रतिनिधिको ६ दिन र कर्मचारीको ३ दिनको तलब पुनःनिर्माण कोषमा

सारांश

  • जुम्लाको हिमा गाउँपालिकाले जेन–जी पुस्ताको आन्दोलनबाट भएको क्षतिको पुननिर्माणका लागि साढे ११ लाख रुपैयाँ राष्ट्रिय पुनःनिर्माण कोषमा जम्मा गर्ने भएको छ ।
  • गाउँ कार्यपालिकाको बैठकले मुलुकको पुनःनिर्माणमा पालिकाको योगदान गर्न उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।
  • बैठकले गाउँपालिकामा कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरूको तलबभत्ताबाट योगदान संकलन गर्ने निर्णय लिएको हो ।

३ असोज, सुर्खेत ।

जुम्लाको हिमा गाउँपालिकाले जेन–जी पुस्ताको आन्दोलनबाट भएको क्षतिको पुननिर्माणका लागि साढे ११ लाख रुपैयाँ राष्ट्रिय पुनःनिर्माण कोषमा जम्मा गर्ने भएको छ । गाउँ कार्यपालिकाको बैठकले मुलुकको पुनःनिर्माणमा पालिकाको योगदान गर्न उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । बैठकले गाउँपालिकामा कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरूको तलबभत्ताबाट योगदान संकलन गर्ने निर्णय लिएको हो ।

गाउँपालिकाका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको तीन (३) दिनको तलब बराबर र जनप्रतिनिधिहरूको छ (६) दिनको तलबभत्ता बराबरको रकम कट्टा गरी ११ लाख ४३ हजार २९७ रुपैयाँ जम्मा कोषमा जम्मा गरिनेछ । जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको पुनःनिर्माणमा सहयोग पु¥याउन गाउँपालिकाको तर्फबाट रकम जम्मा गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताए ।

सहानुभुति र सहयोगका भावनाबाट प्रेरित भई, गाउँपालिकाको परिवारले साझा जिम्मेवारी स्वरूप यो योगदान दिएको छ’ उनले भने । जनताको मर्म बुझ्ने, जनताका सुख–दुखमा साथ दिने र समाधानमुखी प्रशासनिक व्यवस्था स्थापनाका लागि गरिएको प्रतिबद्धता अनुरुप पुर्ननिर्माणमा सहभागि हुने निर्णय गरिएको शाहीले बताए । बैठकले मृतकलाई श्रद्धाञ्जली र परिवारमा समेवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता हुँदैनः बाबुराम भट्टराई
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता हुँदैनः बाबुराम भट्टराई
आजको मौसम: देशभर वर्षा र हिमपातको सम्भावना
आजको मौसम: देशभर वर्षा र हिमपातको सम्भावना
बाढीपहिरो: ८ सडकमा गाडी चल्न थाले, पूर्वपश्चिम राजमार्ग भने अझै अवरुद्ध
बाढीपहिरो: ८ सडकमा गाडी चल्न थाले, पूर्वपश्चिम राजमार्ग भने अझै अवरुद्ध
बागलुङमा पहिरोमा १० जनाको मृ*त्यु, एक बेपत्ता
बागलुङमा पहिरोमा १० जनाको मृ*त्यु, एक बेपत्ता
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
पूर्वाधार पुनर्निर्माणसँगै फेरियो विद्यालयको मुहार   
पूर्वाधार पुनर्निर्माणसँगै फेरियो विद्यालयको मुहार   
छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारी ठगहरुलाई कारबाही गर्छौं : उपप्रधानमन्त्री सिंह
छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारी ठगहरुलाई कारबाही गर्छौं : उपप्रधानमन्त्री सिंह
रोमानिया पठाइदिन्छु भन्दै ठग्ने पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै ठग्ने पक्राउ
संघ र प्रदेशका यातायात मन्त्रीहरूको छलफलले गर्‍यो लाइसेन्ससँग सम्बन्धित यस्ता निर्णय
संघ र प्रदेशका यातायात मन्त्रीहरूको छलफलले गर्‍यो लाइसेन्ससँग सम्बन्धित यस्ता निर्णय
तोलामा एक हजार ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
तोलामा एक हजार ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य