एमालेको राष्ट्रिय कार्यशाला सुरु, अध्यक्ष ओलीले गरे उदघाटन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २०, २०८३
|
|
२६७ पटक हेरिएको
Shares
एमालेको राष्ट्रिय कार्यशाला सुरु, अध्यक्ष ओलीले गरे उदघाटन

सारांश

  • नेकपा एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशाला काठमाडौंमा सुरु भएको छ ।
  • पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यशाला उदघाटन गरेका छन् ।
  •  २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।

२० जेठ, काठमाडौं ।

नेकपा एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशाला काठमाडौंमा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यशाला उदघाटन गरेका छन् । २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन् । उनले केन्द्रीय संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशालाको उदघाटन गमलामा रोपिएको बिरुवामा पानी हालेर गरे । ​काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना गरिएको राष्ट्रिय कार्यशाला ​पार्टीको सांगठनिक सुदृढीकरण र गतिशीलताका लागि आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

​कार्यशालामा सम्पूर्ण प्रदेश तथा जिल्ला इन्चार्जहरू सहभागी छन् । पार्टीका प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी र कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू, जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू उपस्थित रहेको एमालेले जनाएको छ । ​कार्यशालामा पार्टीको सदस्यता विस्तार, नवीकरण प्रक्रिया र सांगठनिक सुदृढीकरणका भावी योजनाबारे छलफल अभिमुखीकरण हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको प्रदर्शन आज
युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको प्रदर्शन आज
सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घट्यो
सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घट्यो
जुवातास खेल्दै गरेका १६ जना भक्तपुरबाट समातिए
जुवातास खेल्दै गरेका १६ जना भक्तपुरबाट समातिए
आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै
आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै
आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा र प्रअ हटाइएपछि संगठनकाे आपत्ति
आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा र प्रअ हटाइएपछि संगठनकाे आपत्ति
प्रदेश सभा सदस्य गुरुङलाई पदमुक्त गर्न जनमतले पठायो सभामुखलाई पत्र
प्रदेश सभा सदस्य गुरुङलाई पदमुक्त गर्न जनमतले पठायो सभामुखलाई पत्र
अधिकार बाँडफाँटले द्वन्द्व गराएको छ, व्यवस्थापन जरुरी छ : मन्त्री लेखक
अधिकार बाँडफाँटले द्वन्द्व गराएको छ, व्यवस्थापन जरुरी छ : मन्त्री लेखक
विद्युत प्राधिकरणको लापरबाहिरीले पोलमै अस्ताए उज्वल
विद्युत प्राधिकरणको लापरबाहिरीले पोलमै अस्ताए उज्वल
प्राविधिक शिक्षा परिषद्द्वारा नयाँ र परिमार्जित पाठ्यक्रमहरू लागू
प्राविधिक शिक्षा परिषद्द्वारा नयाँ र परिमार्जित पाठ्यक्रमहरू लागू
हेटौंडा बसपार्कको होटलमा युवती मृत फेला
हेटौंडा बसपार्कको होटलमा युवती मृत फेला